नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साललाई बेलायतमा भब्य स्वागत

  • असार १०, २०८१
  • कालापानी मिडिया
alt

लण्डन । समाजसेवी तथा शैक्षिक परामर्श व्यवसायी विनय अधिकारीले नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साललाई बेलायतमा भव्य स्वागत गरेका छन् ।

विभिन्न कार्यक्रममा भाग लिन बेलायत पुगेका लम्सालसहितको टिमलाई अधिकारीले आइतबार स्वागतसहित सम्मान गरेका हुन् । लम्साल अन्तरराष्ट्रिय पत्रकार महासंघको कार्यक्रममा भाग लिन बेलायत पुगेका थिए । कार्यक्रमपछि पुरानामित्रको रुपमा अधिकारीले लम्साललाई स्वागतसहित सम्मान गरेका हुन् ।

लम्सालसँग प्रेस युनियन बेलायतका अध्यक्ष विपिन निरौला र प्रेस युनियन युरोपका संयोजक संजय कंडेलको पनि उपस्थिति रहेको थियो । अधिकारी पनि प्रेस युनियनका सदस्य हुन् ।

अधिकारीले लम्साललाई एनआरएनएको पदाधिकारीका रुपमा स्वागत गरेका थिए । एनआरएनएको पूर्वउपमहासचिव समेत रहेका अधिकारीलाई लम्सालले नेपालमा लगानी गर्न आग्रह गरेका थिए ।

उनको आग्रहलाई अधिकारीले आफूले लगानी गरिरहेको र आगामी दिनमा पनि गर्ने योजना सुनाएका थिए । ‘हामी हाम्रो संकृति, भाषा र पहिचानलाई जोगाई राख्नुपर्छ । मैले यसको जगेर्ना गरिरहेको छु भनेर उहाँलाई आश्वस्त पारें ।’, अधिकारीले भने, ‘उहाले पनि नेपालमा लगानी गर्नका लागि आग्रह गर्नुभएको थियो ।’

FB_IMG_1719157407866 FB_IMG_1719157454548 FB_IMG_1719157401906

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
हेर्नुस् २०८१ साल भद ...

काठमाडौं । आज २०८१ साल भदौ १८ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर ३ तारिख। भाद्र शुल्क पक्षको प् ...

काङ्ग्रेस केन्द्रिय ...

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा हिन्दुुराष्ट्रसम्बन्धी माग भएपछि होहल्ला भए ...

न डिस्को न ह्विस्की, ...

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले आयोजना गरेको ‘कल्चरल थिम मेकअप प्रतिस्प ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved