संयुक्त राष्ट्रसंघद्वारा सुडानका १४ क्षेत्रमा भोकमरीको चेतावनी

  • असार १५, २०८१
  • कालापानी मिडिया
alt

एजेन्सी। संयुक्त राष्ट्रसंघले सुडानका १४ स्थानमा भोकमरी हुनसक्ने चेतावनी दिएको छ।

‘ग्रेटर डार्फर, ग्रेटर कोर्डोफान र अल जजिरा राज्यहरूका साथै खार्तुमका केहीस्थान लगायतका १४ स्थानमा भोकमरीको जोखिम छ’, संयुक्तराष्ट्रले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । वेबसाइटमा सुडानका १० राज्यका सात लाख ५५ हजार मानिस भोकमरीको विपत्तिजनक पाँचौ चरणको सामना गरिरहेको उल्लेख छ ।

सुडानका ८५ लाख मानिस अर्थात १८ प्रतिशत जनसङ्ख्या खाद्य सुरक्षाबाट पीडित रहेको बताइएको छ। सुडान सन् २०२३ अप्रिलको मध्यदेखि सुडानी सशस्त्र बल र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सबीचको घातक द्वन्द्वमा फसेको छ। द्वन्द्वका कारण १६ हजार ६५० भन्दा बढीले ज्यान गुमाइसकेको मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
वरिष्ठ क्यान्सर विशे ...

नेपालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. भोला प्रसाद रौनियार अब विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडि ...

एयर इण्डिया : दुर्घट ...

काठमाडौं । भारतको गुजरातस्थित अहमदावादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ। लण्डनका लागि उडे ...

दिलभुषणको पक्राउ पुर ...

काठमाडौं । नेपाली कांग्रेसका लोक प्रिय युवा नेता सांसद डा. सुनिल शर्माले पत्रकार दिलभुषण पाठकमाथि जा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved