सरकार एउटा राजयज्ञ लगाईबक्स्योस !

  • असार १७, २०८१
  • कालापानी मिडिया
alt

मणि राज सत्याल,

बल्थली काभ्रे । 

मौसुफ लाई थाहा नभएको कुनै जानकारी त्यस्तो छैन जुन नेपाल अधिराज्य को जुनसुकै कुनामा समसामयिक बिषयमा घटेको घट्ना किन नहोस ! अझ अन्तरराष्ट्रिय जानकारी त झनै महत्वपुर्ण हुनेनै भयो ।

आज देशको हालत कस्तो अबस्थामा पुगेको छ, चुरे दोहन देखि नागरिकता बिधेयकले नेपाली देशभक्त को छाती भित्र को मुटुमा कति नयाँ घाउ लागेको छ ? पुरानो निर्मला हत्याकाण्ड, तेत्तीस किलो सुन, वाइड बडि , बालुवाटार ललिता निवास काण्ड त छँदैछ ! त्यो घाउ बिग्रीएर क्यान्सर मा परिणत हुँदैछ । यसरी घाउ हरु थपिदैछन नाउ हरु कैँचि लिएर आएकैछन नागरिकता सहित अझै घाउ खोतल्न र नयाँ घाउ बनाउन ।

यो प्रश्न अनि यि शब्दावली मेरो मात्रै होइन ! मेरा नजिक टाढा सबैतिर बाट आएको शब्दावली हो । मलाई त भलिभाँति थाहा छ सत्य ले हार्दैन भनेर ।

कलियुग मा त दुधको दुध पानीको पानी तुरुन्तै छुट्टिन्छ । भएको पनि छ । देखिएको भोगिएको पनि छ । महाराजाधिराज मा पनि यहि सत्यता छ । म सत्यमा छु मैले हार्नु पर्दैन भन्ने। नेपाली माटो माटोमा मेरा पुर्खाको लगानि छ,पशुपति नाथ गोरखनाथ को पुजारी मलाई बनाउनु पर्छ । म फेरि नेपाललाई तेत्तीस कोटि देवता को देश तिर्थस्थल बनाउन तयार छु भन्ने । गणतन्त्र आपसेआप ढल्नेछ । किनकि यो गणतन्त्र होइन बिदेशि शक्ति को खेलमा नेपाली नेताको मतिभ्रम भएको हो । बिदेशि धर्मको मतियार नेपाली समाज लाई बनाईएको हो ।

हो १६ आना सहि हो सरकार तर, हामी सनातनी किन बेलाबखत घरमा सप्ताह , प्रख्यात मन्दिर हरुमा यज्ञ लगाउँछौ ? किनकि रात नभए दिन को महत्व हुँदैन ! राम्रो को महत्व बढ्न नराम्रो ले पनि केहि समय ताण्डव नृत्य देखाउनु पर्छ र देखाइयो पनि । क्षय ले हामीलाई दुख दिएपछि न हामी भएर नभएर यज्ञ लगाउँछौ र फेरि शान्तिमय समय देख्न र भोग्न पाउँछौ । र घरमा भएका नन्दि, भृंगि , भट्किएका आत्मा लाई सातदिन सम्म यज्ञ \ सप्ताह लगाएको बायाँ पट्टि राख्छौं । सातदिनको हाम्रो तपस्या र ब्रतले त्यसलाई निस्तेज गराएर भगाउँछौ ! आज घरघर , नेपाली समाज सचेत हुँदै गैरहेको छ ! सबैले आ-आफ्नो रक्षा गरेका छन  । तर देशको रक्षा को लागि...........?

अब मौसुफ को पालो हो । देशको लागि यज्ञ गर्ने पालो मौसुफ को हो । नेपाल भरि लुकेर बसेका नन्दि भृंगि भुतप्रेत भट्किएका आत्मा लाई शान्ति पार्नु मौसुफ को कर्तव्य हो सरकार । युद्व किन गरिन्छ ? कि सत्त्ताको लागि कि कुर्सिको लागि । हजुर लाई सत्ता चाहिएको छैन । तर , देशलाई त रक्षक र संरक्षक चाहिएको छनि । त्यसको लागि मौसुफको पुनस्थापना हुनु नितान्त जरुरी छ । राजा फर्किन त देशमा राजाको आगमन को लागि त्यो देशको माटो लाई अभिषेक गर्नु परेन ? जहाँ दलाल हरुले नेपाली लाई नभएको शब्दजाल आयातित गरेर नेपाली को घरघर मा दलान दलान मा होलि वाइन छर्किन लगाएर दलित को परिचय दिएर आफु डलर ले नुहाएर ति पिछडा वर्गलाई आफ्नो पछि लाग्नुपर्ने बनाएका छन । तिनलाई ब्रम्हा विस्णु, महेश्वर को नाम बिर्साएर , तिनका वरिपरि नन्दि भृंगि बिउँझाउन दिएर दुख मा रुमलिन बाध्य पारेका छन ।  ति भुतप्रेत , नन्दि भृंगि लाई पनि भगाउनु पर्यो नि सरकार ! ति नअघाई त भाग्दैनन ! नन्दि भृङ्गी संगै वास्तविक वादि .....वर्वादिहरु लाई मन्छाउन, पन्छाउन त पर्यो नि सरकार ! एउटा राज यज्ञ नारायण हिटि या निर्मल निवास मा लगाएर ।

बिगत मा जस्तो त्रीभुवन सदनमा लहैलहै मा लागेर ढ्याङ्ग्रो बजाउन लगाएर होइन । बैदिक सनातनी योगि जोगि तपस्वि र दरबार ज्योतिषी राजगुरु बाट सल्लाह लिएर एउटा राज यज्ञ सरकार लगाउन उचित होला सरकार । जसरी बिगतमा भिमकान्त पन्थि , चक्र राज जोशी, अनिल अधिकारी , रोहिणी पौड्याल ज्यु लगायत बिभिन्न समाज सेविको सहयोगमा नारायण हिटि दरबार अवस्थित नारायण मन्दिरमा पितृ मोक्ष सप्ताह त लगायौं । सातै दिन त्रीभुवन सदनमा पिण्ड पनि दियौं राजा बिरेन्द्र लगायत पित्रीको लागि । जुन बेला मौसुफ थाईल्यण्ड सवारी होइबक्सेको थियो । सोह्र सराद्द को त्यो यज्ञ ले पक्कै केहि उर्जा त प्रदान गर्यो । त्यस्तै यज्ञ अन्यत्र पनि भए तर , ति सबै अपुर्ण प्रमाणित भयो । किनकि देश जसको हो उसले संकल्प गरेर यज्ञकर्म सप्ताह सुरु गर्नुपर्छ । तर्पण हजुरले गरेपछि मात्रै पितृ मोक्ष हुनेछन सरकार

अब नेपाल को कुनकुना देखि देशबिदेशमा अरव युरोप अमेरिकि मुलुकमा रहेका नेपाली समेत को सद्भावना र रक्षा गर्नु जरुरी भैसकेको छ सरकार । थाईल्याण्डमा हाम्रा राजपरिवार लाई तन्त्रमन्त्र गरि बिगार्ने सम्मलाई पन्छाउनु छ सरकार । देशमा शान्ति अमनचयन फर्काउन त यज्ञ गर्नै पर्छ सरकार । आजका धर्म निरपेक्ष का मतियार ले राष्ट्रका भुतप्रेत पन्छाउनु को सट्टा आफै कृश्चियन को भुत बन्न तयार भए ।

बनारसमा हाम्रा बाजेले पिण्ड लडाएर भारतीय पण्डा लाई दक्षिणा दिन्थे । यिनिहरु आफैं बनारस गएर पिण्ड खान तयार भए सरकार । यिनलाई मन्छाउनु र दैविक शक्ति प्राप्त गरेर बैदिक सनातन धर्म को अगुवाई गराएर सबैको संरक्षण गर्नु पर्यो सरकार । अनि सबै राजभक्त , देशभक्त , राजावादी पार्टी वादि , संगसंगठन मा नेपालको गौरब राजसंस्था को उर्जा ले काम गर्छ र लङ्गुरबुर्जा खेलेर बस्ने सम्म राजा ल्याउ देश बचाउ भन्न तयार हुन्छन सरकार । दिवङ्गत राजा बिरेन्द्र प्रती सहि मानेमा श्रद्धाञ्जली को लागि पनि एउटा राज यज्ञ लगाइयो भने साच्चिकै सबैको भलो हुनेछ सरकार ।

अन्त्यमा मौसुफ सरासरको आउँदै गरेको ७८ औं शुभ जन्मोत्सव को उपलक्ष्य मा मंगलमय शुभकामना चढाउन चाहान्छु ! 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
हेर्नुस् २०८१ साल भद ...

काठमाडौं । आज २०८१ साल भदौ १८ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर ३ तारिख। भाद्र शुल्क पक्षको प् ...

काङ्ग्रेस केन्द्रिय ...

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा हिन्दुुराष्ट्रसम्बन्धी माग भएपछि होहल्ला भए ...

न डिस्को न ह्विस्की, ...

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले आयोजना गरेको ‘कल्चरल थिम मेकअप प्रतिस्प ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved