सुदरप्रदेश सरकारले कोरोना नियन्त्रण तथा व्यवस्थापनका लागि ४० करोडको कोष स्थापना

  • चैत १५, २०७६
  • कालापानी मिडिया
alt

कृतबहादुर बिष्ट,
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको जोखिम नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका लागि कोष स्थापना गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको प्रदेशको मन्त्रीपरिषदको बैठकले प्रदेश सरकारले लागि ४० करोडको रकम जम्मा गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिए । मन्त्री शाहले सो कोषमा आम सर्वसाधारण तथा संघ संस्थालाई सो कोषमा राहत जम्मा गर्न अपिल गर्ने बताए । सेती प्रादेशिक अस्पताललाई कोरोना रोगको उपचारका लागि डेडिकेटेड अस्पतालका रुपमा तोक्ने निर्णय गरेको छ ।

यस्तै प्रदेशका विभिन्न गतिविधिको समन्वय तथा व्यवस्थापन गर्न पनि जिम्मेवारी तोकिएको छ । प्रदेशको शान्ति सुरक्षा तथा सो संग सम्बन्धित विषयमा आन्तरिक मामिला तथा कानुन मन्त्री, प्रदेशको स्वास्थ्यसंग सम्बन्धित क्रियाकलाप सामाजिक विकास मन्त्री, खाद्यान्न तथा इन्धन आपुर्तिको उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री, आर्थिक स्रोत तथा व्यवस्थापनको जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्री, क्वारेन्टाइन राखिएका स्थानमा विजुली, पानी, शौचालयको व्यवस्थापन भौतिक पूर्वाधार मन्त्रीले गर्ने निर्णय भएको छ ।

कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापनका लागि प्रदेश तथा स्थानीय तहसंग समन्वय सहकार्य र सहयोग गर्न नीजि अस्पतालहरुलाई अपिल गर्ने निर्णय गरेको छ । गरिवीको रेखामुनि रहेका र दैनिक मजदुरीमा आश्रय भएका वर्गलाई राहत प्याकेज उपलब्ध गराउने पनि निर्णय भएको छ । राहतका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले संघिय सरकार तथा स्थानीय तहलाई समन्वय गर्ने गरि कार्य अघि बढाउने मन्त्री शाहले बताए ।

कोरोना भाइरस ९कोभिड–१९० सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन मापढण्ड २०७६ लाई कार्यान्वयन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालयबिच समन्वय गर्ने निर्णय भएको छ । सेती प्रादेशिक अस्पतालमा कोरोना समेतको परिक्षण गर्ने गरि प्रयोगशालाको व्यवस्थापन गर्ने र डोटी तथा बैतडीमा पनि ल्याव स्थापनाको कार्यलाई अघि बढाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved