कञ्चनपुर बाढी : डुबेर चारको मृत्यु, एक अझै वेपत्ता( तस्वीरहरु)

  • असार २५, २०८१
  • कालापानी मिडिया
alt

कञ्चनपुर । चार दिनदेखिको लगातारको भिषण बर्षाको ताण्डपले कञ्चनपुरका चार जनाको ज्यान गएको छ । भने, एक युवक वेपत्ता भएका छन ।

भिषण बर्षातकै कारण नवजात शिशुदेखि तीन किशोरीको ज्यान गएको छ, एक युवक नदीमा वेपत्ता भएका हुन । आइतबार चौधर नदी तर्ने क्रममा वेपत्ता भएका बेलडाँडी गाँउपालिका ३ वैवाहका २३ बर्षिया युवक डम्बर चौधरी अझै फेला परेका छैनन । माछामार्न गएका चौधरी वेपत्ता भएको २४घण्टासम्म समेत फेला नपरेपछि घर परिवार आफन्तले आँस पाउने आसै मारेका छन । भने, लास पाउने प्रतिक्षामै छन ।

आइतरबार रातभरी परेको बर्षाले घरभित्र जलमग्न भएपछि कृष्णपुर नगरपालिका १ पहरियाका ७ महिने नवराज शिशुको सोमबार बिहानै मृत्यु भएको छ । आमासंगै सुतेका नवराज शिशु सोनु धानुक सुतेको खाटबाट खसेर पानीमा परेर मृत्यु भएको हो । सोमबार दिउँसो एक तालमा डुबेर तीन किशोरीको मृत्यु भएको छ । विद्यालयमा विदा भएपछि पुनर्वास नगरपालिका ५(ग)गाँउका तीन किशोरी विद्यार्थी गाँउघर नजिकै रहेको तालमा पौडेखेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

गौरीशंकर माविमा अध्ययनरत तीन किशोरीको एकै तालमा ज्यान गएको छ । लक्ष्मी बोगटी, सृजना बोगटी र आरती बोगटीको मृत्यु भएको हो । लक्ष्मी कक्षा ९ र आरती, सृजना १० कक्षामा अध्ययनरत छन । बोगटी किशोरीत्रय सबै आफन्त हुन ।

विद्यालयमा विदा भएपछि उनीहरु दौतरी घुम्न तारतिर गएका थिए । भिषण बर्षाका कारण तारमा पानीको सतह बढेकाले उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बर्षाका कारण डुबेर मृत्यु भएका चारै जनाको सनाखत भएर आफन्तलाई बुझाएको बताए ।

वेपत्ता युवकको खोजीकार्य रहेको प्रवक्ता जोशीले बताए । यस बर्ष मनसुनको शुरुवातमै चार जनाले ज्यान गुमाईसकेका छन भने, एक वेपत्ता भएका छन । बर्षाका बेला अनावश्यक घर बाहिर ननिस्किन समेत प्रशासन, प्रहरी सहितका सरोकारवाला निकायले आब्हान गरेको छ ।FB_IMG_1720438883593 FB_IMG_1720438867451 FB_IMG_1720438853524 FB_IMG_1720438848769 FB_IMG_1720438839810

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
हेर्नुस् २०८१ साल भद ...

काठमाडौं । आज २०८१ साल भदौ १८ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर ३ तारिख। भाद्र शुल्क पक्षको प् ...

काङ्ग्रेस केन्द्रिय ...

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा हिन्दुुराष्ट्रसम्बन्धी माग भएपछि होहल्ला भए ...

न डिस्को न ह्विस्की, ...

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले आयोजना गरेको ‘कल्चरल थिम मेकअप प्रतिस्प ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved