संसदीय समितिले सहकारी पीडितहरूलाई सिंहदरबार बोलायो

  • असार २६, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले अब पीडितहरूसँग छलफल गर्ने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याबारे पीडितहरूसँग छलफल गर्ने निर्णय गरेएको समिति सभापति सूर्य थापाले जानकारी दिएका छन् ।

सहकारी पीडितका नाममा गठन गरिएका विभिन्न समितिका संयोजक र प्रतिनिधिमूलक पीडित व्यक्तिहरूसँग बुधबारको सिंहदरबारमा हुने बैठकमा छलफल गरिने उनले बताएका छन् ।

सहकारी क्षेत्रलाई व्यवस्थित गर्न र तथ्य प्रमाणसम्म पुग्न पीडितहरूको सुझाव महत्वपूर्ण हुने थापाले बताए । त्यस्तै मंगलबार सहकारी विभागका पूर्व रजिष्टारदेखि बहालववाला रजिष्टारसँग पनि बैठकले सामूहिक छलफल गरेको थियो ।

छलफलका क्रममा सहकारी कर्जा सूचना केन्द्र नहुनु, बचत र ऋणको सीमा नराख्नुले पनि सहकारी समस्या भएको भनाइ आएको समिति संयोजक थापाले बताएका छन् । त्यस्तै ऐन-नियम अभावमा सहकारी क्षेत्रको नियमनमा राज्यबाटै बेवास्ता हुँदा बचतकर्ताहरूको रकम अपचलन भएको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
हेर्नुस् २०८१ साल भद ...

काठमाडौं । आज २०८१ साल भदौ १८ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर ३ तारिख। भाद्र शुल्क पक्षको प् ...

काङ्ग्रेस केन्द्रिय ...

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा हिन्दुुराष्ट्रसम्बन्धी माग भएपछि होहल्ला भए ...

न डिस्को न ह्विस्की, ...

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले आयोजना गरेको ‘कल्चरल थिम मेकअप प्रतिस्प ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved