जनताको समस्या बुझ्ने सरकार चाहियो - धवल शमशेर राणा

  • साउन १, २०८१
  • कालापानी मिडिया
alt

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणाले सरकार बनेर मात्रै जनतालाई केही नहुने बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद राणाले सरकारले जनताको समस्या बुझ्नुपर्ने बताएका हुन् । उनले भने, ‘दुई ठूला पार्टी मिलेर सरकार बनेको छ ।

यो बनेर मात्रै केही हुँदैन । जनताका समस्या बुझ्नुपर्छ । यसको काम गर्ने तरिका हेरेर हामी समर्थन वा विरोध गर्नेछौं ।

’ राप्रपा सांसद राणाले गुण वा दोषका आधारमा सरकारको समर्थन र विरोध गर्ने बताए । ‘नयाँ सरकारलाई शुभकामना छ । भ्रष्टाचारका फाइल खुलुन्, रोकिएका काम बनुन् । ठूला दलको सरकार छ । यो सरकारले काम गर्छ भन्ने विश्वास जनताले पाउन् ।’

राणाले सहकारी पीडित, उखु किसान पीडित लगायतको माग पनि सम्बोधन गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved