हेर्नुस २०८१ साल साउन २ गते बुधबारको राशिफल

  • साउन २, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८१ साल साउन २ गते बुधबार तदनुसार सन् २०२४ जुलाई १७ तारिख। असार शुक्ल पक्षको एकादशी तिथि। आज हरिशयनी एकादशी व्रत (तुलसी रोप्ने दिन) चतुर्मास व्रत आरम्भ। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।

मेष : दिन राम्रो छ। साथीसँगको भेटले मन खुशी हुनेछ। व्यापारबाट आम्दानी हुनेछ। शिक्षा क्षेत्रमा सफलता प्राप्त हुनेछ। स्वास्थ्य लाभ हुने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : शिक्षा क्षेत्रको लगानीबाट खुशी मिल्नेछ। परिवारको रचनात्मक साथ प्राप्त हुनेछ। आफन्तले सहयोग गर्नेछन्। स्वदेशमा अवसरको सिर्जना हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ।

मिथुन : स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। विश्वासमा भने घात हुने दिन छ।

कर्कट : स्वास्थ्यमा समस्या हुने देखिन्छ। साथीले दुःख दिनेछन्। ठुलो लगानी नगर्नु राम्रो हुन्छ। सामाजिक र राजनीतिक क्षेत्रमा झगडा हुने जोखिम छ। काम गर्नु अगाडि एक पटक सोच्नु राम्रो हुन्छ।

सिंह : शिक्षाको लगानीले उत्साह बढ्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुन्छ। समाजसेवाको अवसर मिल्नेछ।

कन्या : दिन राम्रो छ। आफ्नो मेहनतको फल प्राप्त हुनेछ। कार्यक्षेत्रमा प्रशंसा हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने दिन छ।

तुला : अरुलाई सहयोग गर्दा छायामा परेको महसुस हुनेछ। जमिनको कारोबारबाट उत्साह बढ्नेछ। प्रतिस्पर्धी शान्त भएकाले अगाडि बढ्ने अवसर छ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : गुरुले सहयोग नगर्ने दिन छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने छ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार देखिने छ। परिवारबाट रचनात्मक सहयोग प्राप्त हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ।

धनु : समय राम्रो छ। धेरै अवसर एकसाथ प्राप्त हुने देखिन्छ। शेयरमा लगानी गरेको भए उत्साह बढ्नेछ। व्यापारमा फाइदा हुने दिन छ। शिक्षा क्षेत्रको लगानीबाट सफलता प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : तपाईंको कामको जस अरुले लिने खतरा छ। जन्मकुण्डली अनुसार शनिशान्ति गर्नु राम्रो हुनेछ। आफ्नै राशिमा चन्द्रमा रहेकाले ठुलो सफलता प्राप्त हुने देखिन्छ।

कुम्भ : शनिदेवको छाया योगले गर्दा खर्च बढ्ने देखिन्छ। झुटो आरोपको सामना गर्नुपर्ने हुनसक्छ। स्वदेशी भन्दा विदेशमा गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। ठुला उद्योगको हात नलगाउनु राम्रो हुनेछ। परिवारको तर्फबाट भने सहयोग प्राप्त हुनेछ।

मीन : सानो गल्तीले अरुको मन दुख्नसक्छ। बोल्नु अगाडि सोच्नु पर्ने दिन छ। झुक्याउने मान्छे सक्रिय भएकाले व्यवहार गर्दा सचेत हुनुपर्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। समाजसेवाको अवसर मिल्ने योग छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved