राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ : राप्रपा महामन्त्री राणा

  • साउन १९, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ उपत्यका केन्द्रित सङ्गठन विस्तार कार्यलाई तीव्रता दिएको छ ।

राप्रपा महामन्त्री तथा सङ्गठन विभाग प्रमुख धवल शमशेर राणा राणाले कीर्तिपुर नगर तहको सङ्गठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै राजासहितको हिन्दु राष्ट्र राप्रपाको मूल एजेन्डा भएको बताए । उनले भने– ‘राजासहितको हिन्दु राष्ट्र राप्रपाको मूल एजेन्डा हो, जनताको बल र समर्थनमा यो लक्ष्य हामी प्राप्त गर्छौँ ।

मूल लक्ष्य प्राप्त नगरेसम्म हामी विश्राम गर्ने छैनौँ,विगत आन्दोलनको अनुभवका आधारमा यस पटक राप्रपा पूर्ण तयारीका साथ सडकमा उत्रने महामन्त्री राणाले बताए । सशक्त र प्रभावकारी आन्दोलनका लागि सानोभन्दा सानो विषय सम्बोधन गर्दै राप्रपा तयारीमा जुटेको उनले स्पष्ट पारे ।

महामन्त्री कुन्ती शाहीले देशमा विद्यमान विकृति र विसङ्गति सरकार परिवर्तन गरेर सम्बोधन नहुने भन्दै अहिलेको सङ्कट निराकरण गर्न सनातन पहिचानलाई आत्मसात् गर्नुपर्ने बताइन् । नेपाल निर्माणदेखिको यथार्थ अवस्था, धर्म संस्कृति परम्परा र भूराजनीति समेत सम्बोधन हुने गरी संविधान संशोधन गर्नुपर्ने उनको भनाइ थियो ।

प्रवक्ता तथा सङ्गठन विभागका सदस्य सचिव सगुन सुन्दर लावतीले नयाँ नेपाल बनाउँछु भन्ने समाजवादी, साम्यवादी र कथित लोकतन्त्रवादीहरूले देशलाई धुजा धुजा पारेको, प्रजातान्त्रिक नियन्त्रण सन्तुलन ध्वस्त बनाएको र लाज पचाएर जनतालाई ढाँटेको भन्दै दुख व्यक्त गरे ।

FB_IMG_1722681084692

FB_IMG_1722680815233 FB_IMG_1722680807918 FB_IMG_1722680805605 FB_IMG_1722680801979 FB_IMG_1722681093569

FB_IMG_1722680822644

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाढीले मुस्ताङमा मात ...

मुस्ताङ। उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन शुर ...

कोशी, बागमती, लुम्बि ...

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसप ...

नेपालमा जन्मिएर मात् ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने बताउनु भएको छ । निर्मल निवासमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved