काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबारको करेक्सनपछि आज बढेको छ ।
बुधबार नेप्से १०८.३५ अंकले बढेर २७५९.६७ विन्दुमा पुगेको छ । आज पुरै बजार खुलेदेखि नै बढेको हो । आज बजार खुलेको ११ मिनेटपछि घट्न सुरु भएको बजार १३ मिनेटसम्म घटेको थियो ।
त्यसपछि बढ्न थालेको बजार निरन्तर बढेको थियो । बजार बन्द हुने बेलासम्ममा नेप्से ४.०८ प्रतिशतले बढेर बन्द भएको छ । बजार बढेको भएपनि कारोबार भने मंगलबारको तुलनामा ६ अर्बले घटेको छ ।
बुधबार १७ अर्ब ९५ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भयो मंगलबार २३ अर्ब बढीको कारोबार भएको थियो । आज नेप्सेमा बढोत्तरीसँगै १३ वटा सबै समूहमा पनि हरियाली देखिएको छ ।
आज प्रतिशतको आधारमा सबैभन्दा बढी अन्य समूह ७.८९ प्रतिशतले बढेर २३३४.७५ विन्दुमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved