बङ्गलादेशमा शान्त र संयमताका लागि नेपाल सरकारको आह्वान

  • साउन २४, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल सरकारले बङ्गलादेशमा शान्त र संयमताका लागि आह्वान गरेको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर नेपालले बङ्गलादेशमा शान्ति र स्थिरता सुनिश्चित चाहेको बताएको हो । ‘हामी सबैलाई शान्त र संयमित हुन आह्वान गर्दछौँ र लोकतान्त्रिक प्रक्रियामा व्यवस्थित पुनरागमनको महत्त्वमा जोड दिन्छौँ । हामीलाई विश्वास छ कि बङ्गलादेशका सबल र लचिलो जनताले शान्ति र स्थिरतातर्फ सहज सङ्क्रमण सुनिश्चित गर्न सक्षम हुनेछन्’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गरेको छ । ‘बङ्गलादेशमा विगत केही हप्तादेखि जारी विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति हामी अत्यन्त चिन्तित छौँ ।

हामी ज्यान गुमाउनेका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ र घाइते सबैको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ । बङ्गलादेशमा हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले सोमवार पदबाट राजीनामा दिँदै देश छोड्नुभएको छ । त्यहाँ नोबेल पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन प्रक्रिया शुरु भएको छ ।

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध गर्दै विद्यार्थीहरुले गरेको प्रदर्शनका कारण शेख हसिना नेतृत्वको सरकार ढलेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved