हेर्नुस २०८१ साल साउन २५ गते शुक्रबारको राशिफल

  • श्रावण २५, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८१ साल साउन २५ गते सुक्रबार तदअनुसार सन २०२४ अगस्ट ९ तारिख । साउन शुक्ल पक्षको - पञ्चमी तिथि (नागपञ्चमी व्रत) । थारू गुरिया पर्व , अन्तर्राष्ट्रिय आदिवासी दिवस । चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।

मेष : काम नबन्दै समय बित्नेछ। बालबालिकासँग खेल्दा मन शान्त बन्नेछ। राज्यको तर्फबाट भय हुनसक्छ। थोरै बोलेर धेरै काम गर्नु राम्रो हुने दिन छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : धन आर्जन गर्ने अवसर मिल्नेछ। व्यापारमा भन्दा शिक्षामा फाइदा हुने योग छ। पढाइमा ध्यान जानेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुने योग छ। राजनीतिमा सहभागी भए सेवाको अवसर मिल्नेछ।

मिथुन : विवादमा पर्ने जोखिम छ। वैदेशिक र कृषि क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी रोगले सताउने देखिन्छ। आफ्नै परिवारमा स्वार्थ समूह सक्रिय भएकाले बचेर काम गर्नु राम्रो हुनेछ।

कर्कट : धनलक्ष्मी योग परेको छ। आज बनेको योजना दीर्घकालीन हुनेछ। साथीको साथले राजनीति र सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ। विदेशमा गरेको लगानी भन्दा स्वदेशमा गरेको लगानीबाट नाफा हुनेछ।

सिंह : तपाईंको कलाको प्रशंसा हुनेछ। श्रम गरेको भए वैदेशिक क्षेत्रबाट उत्साहजनक नतिजा प्राप्त हुनेछन्। राजनीतिक क्षेत्रबाट नाम र दाम दुवै प्राप्त हुनेछन्। व्यवहार गर्दा सचेत नभए परिवारमा भने खटपटी बढ्नसक्छ।

कन्या : शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। शिक्षा क्षेत्रको नतिजाले खुशी मिल्नेछ। व्यापारबाट लाभ हुनेछ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : परोपरकार गर्ने बानीले घाटा हुनेछ। तपाईंलाई ठगले घेरिरहेका छन्। राजनीतिमा तपाईंका साथी विपक्षमा पुगेकाले संकट हुनसक्छ। शिक्षाको क्षेत्रबाट प्रगति हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : दैनिकी सहज छ। लगानीको अवसर मिल्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा गरेको लागानीबाट उत्साह मिल्नेछ। स्वास्थ्य सम्बन्धी सचेत बन्नुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : समय राम्रो छ। मनमा शान्ति मिल्नेछ। तपाईंले सोचेका काम बन्नेछन्। बौद्धिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको भेटले हर्ष बढ्नेछ। साथीले दीर्घकालसम्म साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : एकपछि अर्को अवसर प्राप्त हुने दिन छ। घरमा नाग टाँसेर पूजा गरेमा भाग्यको उदय हुनेछ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध शान्त बन्नेछ। व्यापारमा फाइदा हुने योग छ।

कुम्भ : लगानी गरेको भए शिक्षा क्षेत्रबाट उन्नति हुनेछ। पढ्ने जाँगर बढ्नेछ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : सञ्चित धन खर्च हुनेछ। सामाजिक क्षेत्रबाट सम्मान मिल्नेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यवहार गर्दा सचेत नभएमा तपाईंविरुद्ध प्रश्न उठ्ने छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
हेर्नुस् २०८१ साल का ...

काठमाडौं । आज २०८१ साल कात्तिक ६ गते मंगलबार तदनुसार सन् २०२४ अक्टोबर २२ तारिख। कात्तिक कृष्ण पक्षको ...

बिपक्षी पाँच दलले बु ...

काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्। नेकपा (माओवादी क ...

त्रि.बि.बि का स्नातक ...

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्न ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved