देशमा सुशासन कायम गर्न प्रमुख शक्तिहरुबीच नवीन समझदारी आवश्यक - महामन्त्री राणा

  • साउन २९, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपा महामन्त्री डा. धवल शमशेर राणाले राष्ट्रियता, प्रजातन्त्र सुदृढ तुल्याउन प्रमुख शक्तिहरु बिच नविन समझदारी आवस्यक बताएका छन। मंगलबार शंखरापूर नगर कार्य समितिको बिस्तारित बैठकमा बोल्दै राणाले जनताकेन्द्रीत सुशासन कायम गर्न देशमा प्रमुख शक्तिहरुबीच नवीन समझदारी आवश्यक भएको बताएका हुन् ।

उनले भने ‘देशको राजनीतिलाई सही मार्गमा ल्याउन, राष्ट्रियता, प्रजातन्त्र तथा जनताको हित अनुकूल शासन संचालन गर्न प्रमुख शक्तिहरुबीच नवीन समझदारी आवश्यक भएको छ ।, हरेक क्षेत्रको अवस्था हेर्दा देश चुनौति र असफलताको जंजालमा फसेको छ, त्यसैको देश र जनताको हित अनुकूल परिवर्तन अपरिहार्य भएको हो,’ राप्रपाका महामन्त्री तथा संगठन विभाग प्रमुख राणाले भने ।

उनले विगत आन्दोलनको अनुभवका आधारमा यस पटक राप्रपा पूर्ण तयारीका साथ सडकमा उत्रने समेत प्रष्ट पारे ।

यस्तै राप्रपा महामन्त्री तथा आन्दोलन परिचालन समितिका सदस्य सचिव कुन्ती शाहीले युवा र महिलालाई अग्रपंक्तिमा राखेर आन्दोलनमार्फत देशले मागेको परिवर्तन प्राप्त गर्ने बताइन् । उनले वडा तहसम्म गएर जुझारु युवा तरुणको अगुवाईमा युवा दस्ता निर्माण गर्न कार्यकर्तालाई आह्वान समेतगरिन् ।

यस्तै राप्रपाका प्रवक्ता तथा संगठन विभागका सदस्य सचिव सगुन सुन्दर लावतीले देश परिवर्तन सन्मुख रहेको धारणा राखे । ‘युवा पलायन रोक्न, भ्रष्टाचार अन्त्य गरेर सही अर्थमा राम राज्य कायम गर्न राप्रपाले परिवर्तनको मार्गचित्र अघि सारेको हो । जनताको बलमा परिवर्तन प्राप्त गरेर जनचाहना बमोजिम राजसंस्था, हिन्दु अधिराज्य पूनःस्थापना गर्ने आन्दोलनको लक्ष्य हो,’ लावतीले भने ।

शंखरापुर नगर समिति अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले स्थानीय तहको संगठनको बलमा राजासहितको प्रजातन्त्र तथा हिन्दुराज्य प्राप्त गर्ने धारणा राखे ।

राप्रपाको संगठन विभागले आन्दोलनलाई केन्द्रमा राखेर काठमाडौं उपत्यकाकेन्द्रीत संगठन विस्तार कार्ययोजना जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved