सरकालाई गलत कामको विरोध गर्न १०० दिन कुर्नु पर्दैन

  • भदौ १४, २०८१
  • कालापानी मिडिया
alt

सुर्खेत । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गलत तथा भ्रष्टाचारीलाई जोगाउने काम जारी राखे माओवादीले सदन र सडकबाट प्रतिवाद गर्ने बताए। प्रदेश मरामर्श समितिको बैठकमा भाग सुर्खेत आएका ‘प्रचण्ड’ले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन्।

उनले सबै खालका जटिलादेखि सरकार निर्माण कसरी भयो भन्ने कुरासमेत आफूहरुले राम्रोसँग बुझेको बताए। संसारमा पहिलो दल र दोस्रो दल मिलेको इतिहास नभएको भन्दै गलत कुरालाई चोखाउनका लागि गरिएका सबै खालका क्रियाकलापको साक्षी भएर माओवादी नबस्ने बताए।

केही दिनअघि सदनमा बोलेको कुरा उत्तेजना र आवेगमा नभई सबैलाई सरकारका गलत कामको भण्डारफोर गरिएको उनले बताए। गलत कामको विरोध गर्नका लागि १०० दिन नै पर्खनुपर्छ भन्ने कतै नभएको उनले स्पष्ट पारे।

पत्रकारले सोधेको हिंसा भन्ने एमालेका साथीहरुले नबोलेको भए हुने भन्दै उनले कुनै समयमा सबैभन्दा राम्रो काम भन्ने उहाँहरू नै भएको बताए। विस्तृत शान्ति सम्झौताको कुरादेखि अन्य थुपै कुराहरू संविधानमै उल्लेख भएकाले यस्ता खालका शब्द प्रयोग नगर्नसमेत उनले सचेत गराए।

सबै खालका परिवर्तन माओवादीकै एजेण्डा भएकाले यसलाई जोगाउने कुरा पनि माओवादीकै भूमिका बढी भएको उनले बताए। माओवादीको महत्व र भूमिकालाई मिनिमाइज नगर्नसमेत आग्रह गरे। माओवादी फुट्छ भन्ने हल्ला माओवादीको बैठकबाट खारेज भइसकेको उनको थप भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
वरिष्ठ क्यान्सर विशे ...

नेपालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. भोला प्रसाद रौनियार अब विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडि ...

एयर इण्डिया : दुर्घट ...

काठमाडौं । भारतको गुजरातस्थित अहमदावादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ। लण्डनका लागि उडे ...

दिलभुषणको पक्राउ पुर ...

काठमाडौं । नेपाली कांग्रेसका लोक प्रिय युवा नेता सांसद डा. सुनिल शर्माले पत्रकार दिलभुषण पाठकमाथि जा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved