सहकारीको साधारणसभामा मोहीको आकर्षण

  • असोज ११, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । लुम्बिनी विशिष्टकृत सहकारी संस्था लिमिटेड तिलोत्तमा -६, पश्चिम पहुनी, रुपन्देहीद्वारा स्थापना गरिएको डेरी उद्योगले मोही प्रवर्धन कार्यक्रम गरिरहेको छ।

"सहकारीको स्थानीय उत्पादनको उपभोग गरौँ, नेपाली भएकोमा गर्व गरौं" भन्ने नारालाई आत्मसाथ गर्दै आफ्ना १४१ सदस्य संस्थाहरूको साधारणसभा असोज १२ देखि १९ गतेसम्म पालैपालो हुने र सो संस्थाको साधारणसभामा आफ्ना ३ लाख ५० हजार शेयर सदस्यहरूलाई आफ्नै संस्थाबाट शुरु गरि "लुस्कुन" ब्रान्डको मोही खुवाई मोहीको प्रवर्द्धन गर्न लागिएको र नेपाल कै स्थानीय उत्पादनको उपभोगमा पहुँच बढाउने उदेश्यले लुम्बिनी विशिष्टकृत सहकारी संघले दुधजन्य उत्पादनहरु बजारमा पुर्‍याउन लागेको कुरा सहकारीकी काबा अध्यक्ष ज्ञानु पौडेलले जानकारी गराइन ।

नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोही अभियान यसरी देशव्यापी भएको र आम उपभोक्ताको प्रथम रोजाइमा परेको देख्दा र सुन्दा आफू अत्यन्तै खुसी भएको कुरा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले बताए । डेरी उद्योगको परीक्षण सञ्चालन गरेको समयमा उत्पादित दहीको मोही बनाई वितरण गर्दा उपस्थित सबैले प्रशंसा गरेकाले मोहीको उपभोग राम्रो हुने र यो सबैको चासोको विषय भएको कुरा सो सहकारी डेरी स्थापना गर्दाका डेरी कन्सल्टेन्ट, डेरी विज्ञ एवं नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य मनोज यादवले बताए ।

सहकारीका विभिन्न शाखामा हुने असोज १२ देखि १९ गतेसम्मको साधारणसभामा उपस्थित हुने सबै शेयर सदस्यहरूलाई मोही खुवाउने र प्रवर्धन गर्न अहिलेसम्म सहकारीमा १२ देखि १५ हजार लिटर मोहीको अर्डर आइसकेको डेरी उद्योगकी कर्मचारी मिना छिदीले जानकारी गराईन ।

हाल देशभरी दैनिक करिब २ लाख ५० हजार लिटर मोहि बिक्री हुने कुरा नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दिप प्रसाद धमलाले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved