पूर्व सूचना हुँदा हुँदै प्रतिकार्य नभएकै कारण ठूलो संख्यामा मानवीय र भौतिक क्षती भयो - राजा ज्ञानेन्द्र शाह

  • असोज १३, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले भारी बर्षा हुन सक्छ भन्ने मौसमी पूर्व सूचना हुँदा हुँदै त्यसमा अग्रीम तत्परता नदेखिएकोप्रती दुख व्यक्त गर्नु भएको छ ।

राजा शाहले पूर्व प्रतिकार्य नभएकै कारण ठूलो संख्यामा मानवीय र भौतिक क्षति हुनु निकै नै दःखद भएको बताउनु भएको हो । उहाले बाढी, डुवान र भू-क्षयको जोखिम हरेक बर्ष भैरहने भएकाले रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त व्यवस्थामा ध्यान दिनपर्ने बताउनु भयो ।

आइतबार राजा ज्ञानेन्द्र शाहका सम्बाद सचिव डा.फणिराज पाठक मार्फत एक बिज्ञप्ति जारी गर्दै उहाले यस्तो बताउनु भएको हो । उहाले बाढी, पहिरो र डुवानबाट जीवन गुमाएका, घाईते र घर, गोठ तथा जायजेथा गुमाउनु परेको सुन्नु पर्दा अत्यन्त पीडाबोध भएको समेत बताउनु भयो ।

उहाले मृतकहरुप्रति श्रद्धान्जली र तिनका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै सबैलाई यो दु:खद घडिमा राहत र उद्धार कार्यमा लाग्न पनि अनुरोध गर्नुभएको छ । हेर्नुस उहाको बिज्ञप्ति जस्ताको तस्तै

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बाढी पहिरोले पुरयाएको क्षति प्रति दुःख ब्यक्त गर्दै बक्सेको सामयिक सन्देश

विगत तीन चार दिन देखी आएको अबिरल भारी बर्षातका कारण उपत्यका लगायत देशको हिमाल, पहाड र तराइका विभिन्न भागमा बाढी, पहिरो र डुवानबाट धेरै सर्वसाधारण नेपालीको जीवन गुमेको, घाईते हुनु परेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनु परेको सुन्नु पर्दा हामीलाई अत्यन्त पीडाबोध भएको छ । यो दुःखद सन्दर्भमा हामी मृतकहरुप्रति श्रद्धान्जली र तिनका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । यो बेला भारी बर्षा हुन सक्छ भन्ने मौसमी पूर्व सूचना हुँदा हुँदै त्यसमा अग्रीम तत्परता तथा पूर्व प्रतिकार्य नभएर यत्रो विधि मानवीय र भौतिक क्षति हुनु निकै नै दःखद कुरा हो । हाम्रो जस्तो पर्वतीय मुलुकमा बाढी, डुवान र भू-क्षयको जोखिम हरेक बर्ष हुने प्रकृया हो । त्यसैले रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त व्यवस्थामा ध्यान दिन सके क्षति न्यूनिकरणमा योगदान पुग्नेछ । दशै तिहार जस्ता हाम्रा महत्वपूर्ण पर्वहरु निकट आइरहेको यो समयमा आवागमनका धेरै राजमार्ग र सडक संजालहरु अवरुद्ध हुन गएको र त्यसबाट जनजीवनमा असुविधा पुग्न गएको प्रति पनि हाम्रो गम्भिर चासो रहेको छ । साथै यो स्थितिमा हामी मृतक परिवारलाई उचित राहत, वेपत्ताहरुको खोजी तथा घाइतेहरुको सिघ्र उपचार हुनु पर्ने धारणा राख्दै अस्तब्यस्त जनजीवनलाई सुधार गर्ने तर्फ राज्यको तदारुक प्रयत्न होस् भन्ने हाम्रो आग्रह छ । प्रकृति, परिवेश र प्रवृत्ति अनुरुप हाम्रा विकास प्रकृया अघि बढ्नुपर्दछ । आफ्नो परिवेश माथि खेलवाड हुने बस्ति, ब्यवस्था र विकास गतिविधीले विपत्ति र विनास मात्रै निम्त्याउँदछ । त्यसमा हामी सबैको ध्यान पुग्नु पर्दछ भन्ने हाम्रो दृष्टिकोण हो । शोक, वियोग, व्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् । विनासको यो बेला प्रयाप्त सहयोग, सुव्यवस्था, निगरानी पुगोस भन्ने हाम्रो चाहना छ ।

जय नेपाल

मिति : २०८१ साल असोज १३ गते

FB_IMG_1727582731606

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved