नबिनको अन्तिम शब्द, आमा म पुग्दैछु खाना बनाएर राख्नु है !

  • आश्विन १५, २०८१
  • कालापानी मिडिया
alt

रमेश बहादुर सिंह, बझाङ । नविन को अन्तिम शब्द, आमा म पुग्दै छु खाना बनाइराख्नु है ! यो शब्द यतिबेला उनकी आमाको कानमा गुन्जिरहेको छ । कता बाट छोरो पुग्छ र कतिबेला पुग्छ भन्दै झस्किरहेकी छिन उनी । म छोराका लागि खाना बनाउछु छोरा आउदैछ भन्दै आमा मुर्छा पर्दै रोइरहेकी छिन । तर, यो शब्द अब आमाको लागि अन्तिम भैसकेको छ । कुरा हो बझाङकाे जयपृथ्वी नगरपालिका वडानं १ चिउरी बस्ने नरेन्द्र बहादुर सिंह र श्रीमती भगवती देवी सिंहका छाेरा स्व.नवीन सिंहको ।

उनको शुक्रवार राती झ्याप्रे खोलाको पहिरोमा परि मृत्यु भएर सोमबार पशुपति आर्यघाटमा अन्तिम सस्कार पनि भैसकेको  छ । घटना हुनु अघि नबिनले घरमा फाेन गरेर म पुग्दै छु आमा थाेरै समय लाग्छ खाना पकाई राख्नु है भनेकाे अन्तिम आवाज आमाको कानमा गुन्जीरहेकाे छ । एक छाेरा र दुई छाेरीकि आमा यतिबेला अचेत छिन । हुनपनी नबिन आफ्नाे आमा भेट्नकै लागि चितवन बाट काठमाडौं आउदै थिए । तर बिडम्बना एकाएक झ्याप्रे खोलाको पहिरो मा परेर नवीन आमाको अनुहार देख्न समेत नपएर बाटाेमै अस्ताए ।

आफ्नो दाइ आउने खुसीमा बहिनीहरुले बाटो हरेर बसेका थिए । आफ्नो दाजु सङ्ग केहिदिन बसेर रमााइलो गर्ने उनिहरुको सपना अधुरो नै रह्यो ।  अझ आमाले काखीमा च्यापेर तिमीहरुको दाइ आउदैछ नराेउ छाेरी भन्दा त उनिहरु भक्कानिएर रुन थलेका छन । आफ्नै आँखा अगाडि छोराको अन्तिम बिदाइ गरेकी आमालाई यो मृत्यु स्विकार्न  कठिन भएको छ ।

चितवन को रामपुर कृषि क्याम्पसमा कृषि विज्ञानमा स्नातक पढिरहेका उनको सपना कृषि विज्ञ बन्ने थियो। अन्तिम वर्षको पढाइ सकेपछि डोल्पा जिल्लामा ओजेटी गरेका नवीन त्यही रिपोर्ट बुझाउन क्याम्पस गएका थिए। नवीनका आफन्त ललित सिंहका अनुसार आइतबार साँझ उ चढेको गाडी पहिरोमा पुरिएको हो । पढाइमा जेहेन्दार नवीन पूर्ण छात्रवृत्तिमा रामपुर क्याम्पसमा पढिरहेका थिए। रामपुरमा बसेर पढिरहेका मृतक नविन सि्ह आमा भेट्न भनी काठमाडौ आउदै थिए।

भक्तपुरमा काेठा भाडामा लिएर आमा, दिदि बहिनी र कान्छा बुवाकाे छाेरा संगै बस्दै आएका थिए । तर, शुक्रबार राती झ्याप्रे खाेला नागढुङ्गा नजिकैकाे पहिरो मा परी उनको मृत्यु को खबरले जयपृथ्वी नगरपालिका वडा नं १ को सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।

नेविसंघको सक्रिय राजनीतिमा लागेका नविन आज एक्कासि पहिरोमा परी मृत्युको खबरले नेविसंघ परिवार पनि शोकमा डुबेको छ । नेविसंघका अध्यक्ष दुजाङ्ग सेर्पा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्नुनजंग सिंह, काँग्रेस नेता अभिषेक सिंह ,पार्टी सचिव झलक कठात, नेविसंघका केन्द्रीय सदस्यहरू, शुभचिन्तकहरू सिंहलाई श्रद्धाञ्जली दिन काठमाडौंको पशुपति आर्यघाटमा पुगेका थिए।

शुक्रबार राति १० बजे बुवा नरेन्द्र सिंहलाई फोन सम्पर्क गरेका नबिनले बाटाेमा जाम छ आउदै छु बाबा भनेको शब्दले नरेन्द्र  सिंह अहिलेपनी झस्किरहेका छन ।" उनी भन्छन, १ मिनेट १५ सेन्केड को फोन कल मा भएको कुरामा एक्कै छिन पछि काठमाडौं पुग्ने हाे बाबा भन्याे, आज मेरो लागि यो शब्द कहिले नबिश्नने काडा भएको छ।," "नविनका साथिहरु भन्छन सधै माैसम हेरेर हिड्ने मान्छे हाे तर आज यस्तो होला भनेर सोच्न पनि हामिले सकेका छैनौं।,"

कृषि बिज्ञ हुने ठूलो सपना लिएर पढेका नविन आज हामि माझ नहेनन यो खबरले अहिले नविन को क्याम्पस परिवार, साथिहरु, घरपरिवार गाउँ टोलमा निकै शोकमा डुबेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved