राजा ज्ञानेन्द्र शाह बिहीबार बिहान भुटान प्रस्थान गर्नु भएको छ । भुटानी राजा जिग्मेद गेसर नामग्याल वाङछुगको निमन्त्रणामा उहाँ ड्रुक एयरलाइन्सको विमानबाट आज बिहान थिम्पु प्रस्थान गर्नु भएको हो ।
राजा शाहको सम्बाद सचिवालयले यो भ्रमण नितान्त पारिवारिक भनेपनी भुटानका राजाको निमन्त्रणामा शाह भुटान प्रस्थान गर्नुभएको श्रोतले जनाएको छ । त्यसैले पनि राजा शाहको यस भ्रमणलाई चासोको रुपमा हेरिएको छ ।
उहाँको साथमा छोरी प्रेरणा, भतिजी सितास्मा शाह र सचिवालयका केही सहयोगीहरू पनि जानू भएको छ । राजा शाह २० गते आइतबार स्वदेश फर्कनुहुनेछ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved