राजाको हातको टिका अपरान्ह ४ बजेबाट खुला

  • असोज १८, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले यस वर्ष पनि नेपालीको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिनुहुने भएको छ ।

२६ गते अपरान्ह ४ बजेबाट राजा शाहले विजया दशमीको टिका सर्वसाधारणलाइ लगाइदिनुहुने राजाको सम्बाद सचिवालयले सूचना मार्फत जानकारी दिएको हो । दशैँमा अभिभावकबाट टीका र आशीर्वाद लिने प्रचलन रहेको र राजालाई देशको अभिभावक मान्ने गरिएका कारण राजाबाट टीका लगाउनेहरुको भिड निकै नै लाग्ने गरेको छ ।

दशैमा घर गएर आमा बुवाको हातको टीका थाप्न नपाएकाहरु र राजाप्रती आस्था भएकाहरुले हरेक वर्ष राजा रानीको हातबाट टीका थाप्ने र आशीर्वाद लिने गरेका छन ।

हेर्नुस सम्बाद सचिवालयको सूचना

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाहबाट विजया दशमी पर्वका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारण सबैलाई अपरान्ह ४ बजे टीका बक्सने कार्यक्रम रहेको छ । डा. फणिराज पाठक

मिति २०८१ साल असोज १८ गते

सम्बाद सचिब

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved