काठमाडौँ । नेपाली कांग्रेसका नेता मा.डा. सुनिलकुमार शर्मा ले मोरङको उर्लावारि -७ को अनाथ बालगृहमा पुगेर बालबालिकाको १ वर्षका लगि निशुल्क स्वास्थ्य उपचार र स्वास्थ्य विमा गरिदिने व्यवस्था गरेका छन् ।
नेता शर्माले समाजसेवि मिना वरालले मोरङको उर्लावारि -७ मा संचालन गरेको अनाथ वालगृहका बालबालिकाका लागि आफुले बोलेकै मितिबाट लागु हुनेगरी यो व्यवस्था गरेका हुन् ।
बरालले सुदूरपश्चिम, कर्णालि लगायत देशका विभिन्न ठाउँहरुवाट अनाथ वालवालिकाहरु ल्याएर मोरङको उर्लावारि - ७ मा उनीहरुकोलागि गास, वास, कपास र शिक्षा लगायतको व्यवस्था गर्दै आएकी छिन ।
शनिबार नेपाली कांग्रेस मोरङका सभापति एवं पूर्व युवा तथा खेलकुद मन्त्री डिग वहादुर लिम्वु, कोशि प्रदेशसभा सदस्य शोभा पालुङ्गा सहित कांग्रेस नेता माननीय डा. सुनिल शर्मा स्वयं आफै पुगेर उनिहरुको १ वर्षका लागि नोबेल मेडिकल कलेज बिराटनगर र काठमाडौं मेडिकल कलेज सिनामंगलमा निसुल्क स्वास्थ्य उपचार र विमा समेत गराइदिने प्रतिवद्धता गरेका हुन् ।
यति मात्रै होइन डा. सुनिल कुमार शर्मा यतिबेला देशै भरिको गरिब जनताको मलमपट्टी बनेका छन । उनी निशुल्क शिबिर लगेर त्यहाँ पुगिसकेका छन जहाँ राज्यको आँखा पुगेको छैन ।
तराईका गरिब बस्ती देखि पहाडका दुर्गम भेगका जनताको स्वास्थ्य आवस्था बुझ्न आफै सुदूर पूर्वदेखि सुदूरपश्चिम र तराईदेखि हिमालसम्म स्वयं आफै शिबिरमा उपस्थित भैरहेका छन ।
अझ आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थलिएका बिरामीहरूका लागि डा.सुनिल शर्मा दर्बिलो सहारा बनेका छन् । लामो समयदेखि असहाय विपन्नलाई निःशुल्क उपचारमा सक्रिय रहँदै आएका डा.सुनिल शर्मा २०७९ मा भारी मतान्तरका साथ निर्वाचित हुँदै संसद् भवनमा प्रवेश गरेका हुन् ।
मेडिकल व्यवसायी समेत रहेका डा. शर्मा आफ्नो निर्वाचन क्षेत्रका कुनै पनि बिरामीले आर्थिक अभावमा उपचार नपाएर थला पर्दा आफैं खटिन्छन् । बिरामीलाई घरमै पुगेर एम्बुलेन्समा अस्पताल लैजान्छन् र ठिक पारेर पठाउँछन् ।
संसदमा पनि निकै सक्रिय भुमिकामा रहेका उनी भ्रष्टाचारविरुद्ध खरो रूपमा उत्रिन्छन्चा । चाहे त्यो आफ्नै पार्टीको किन नहोस । सरकारमा रहेका अन्य दलका अधिकांश सांसद तथा नेताहरू भ्रष्टाचारी जोगाउने र सरकारको चाकडीमै व्यस्त रहँदा सांसद शर्माले भने संसद् भवन प्रवेश गरेदेखि निरन्तर खबरदारीको आवाज उठाइरहेका छन र गरिब, असहाय जनताको सेवामा निरन्तर खटिएका छन ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved