मकवानपुरको भिमफेदिमा तीन सवारी ठोक्किदा ६ जनाको अवस्था गम्भी

  • असोज २४, २०८१
  • कालापानी मिडिया
alt

मकवानपुर । मकवानपुरमा तीन वटा सवारी एक आपसमा ठोक्किँदा २८ जना घाइते भएका छन्।

भीमफेदी गाउँपालिका वडा नम्बर ४ गोल्फिनबेसीमा काठमाडौँबाट जनकपुर जाँदै गरेको बा ३ख २७२३ नम्बरको मिनिबस र हेटौँडाबाट काठमाडौँ जाँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी ठोक्किएर दुर्घटना भएको थियो।

बा २ ज ८० नम्बरको अर्को ट्याक्सी पनि दुर्घटनामा परेका सवारीसँग ठोक्किएको प्रहरीले जनाएको छ। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरी प्रवक्ता श्याम अर्यालले जानकारी दिए।

उनका अनुसार, गम्भीर घाइते ६सहित आठ जनालाई थप उपचारका लागि चितवन पठाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved