चाड पर्व पनि लागेन डा. सुनिल शर्मालाई

  • आश्विन २८, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । देशभर दशैको रौनक छ । सबैले मिठो मसिनो चाड बाड मनारहेका छन । कोहि दशैको बिदा मनाउन गाउँ पसेका छन त कोहि परिवार सहित भ्रमणमा रमाइरहेका छन । अझ विभिन्न दलका नेताहरु त बिदेेश सयर मा समेत छन । तर यस्तो बेला समेत नेपाली काङ्ग्रेसका नेता तथा सांसद डा. शुनिल शर्मा भने जनताको सेवामै समर्पित छन्। उनी जता पुग्छन त्यतै  जन सेवामा समर्पित हुने गरेको कतिपयको भनाइ छ ।

दशै मनाउन आफ्नो गृह जिल्ला मोरङ पुगेका शर्माले परिवार सङ्गको रमाइलो होइन जनताको सेवा रोजे । जनताको खबर बुझ्ने र दुख परेकालाई सहयोग गर्ने उनको दिनचर्या बन्यो ।  उनले दशैको टिकाको दिन समेत आराम गरेनन । बरु जनताको समस्या बुझ्दै गए र पुगे बबिता सरदार कहा । शर्माले ३ महिना अघि देखि खुट्टामा घाउ भएर थलीएकी मोरङ क्षेत्र नं ३-  सुन्दरहरैचा -१ बस्ने बबिता सरदारको पीडा हेर्न सकेनन ।

र प्रण गरे उनको सम्पुर्ण उपचार खर्च र औषधीको जिम्मा लिने । उनले सम्पुर्ण उपचार खर्चको जिम्मा लिने आश्वासन मात्रै दिएनन तुरुन्तै एम्बुलेन्स बोलाए तर एम्बुलेन्स आउन समय लाग्ने भएपछी बिरामीलाई आफ्नै गाडिमा राखेर अस्पताल समेत पुर्याए । बबिता सरदर एक प्रतिनिधि पात्र मात्रै हुन मोरङ ३ का हरेक अशक्त र असहायका लागि डा. सुनिल शर्मा एक फरिस्ता बनेर आएका छन । त्यसैले त्यहाका जनताले उनलाई आदर र सम्मान गर्ने गरेका छन । उनिहरु भन्छन हामिले भगवान देखेका छैनौ, हाम्रालागि सुनिल शर्मा नै भगवान को रुप हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बडादशैँको टीका र जमर ...

काठमाडौं । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको ...

डडेल्धुरामा रात्रिबस ...

डडेल्धुरा: डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। कञ्चनपुरको महेन्द्रनगरदेखि ...

अब नयाँ दिल्लीमा आति ...

काठमाडौं । वायु प्रदूषण नियन्त्रण गर्न भारतले सङ्घीय राजधानी नयाँ दिल्लीमा आतिशबाजी पूर्ण प्रतिबन्धि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved