विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी- डब्लूटीओ

  • कार्तिक १५, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता लागेको बताएको छ ।

यो सङ्ख्या सन् १९९५ देखि संगठनले विश्वव्यापी टिबी अनुगमन शुरु गरेयता सबैभन्दा बढी हो। डब्लूएचओले मंगलबार जारी गरेको ग्लोबल ट्युबरक्युलोसिस रिपोर्ट २०२४ ले ‘टीबी विरुद्धको विश्वव्यापी लडाइँमा मिश्रित प्रगति भएको देखाएको छ, जसमा पर्याप्त कोष नहुनु जस्ता निरन्तर चुनौती रहेका छन्’, भनी उल्लेख गरेको छ।

टीबीसँग सम्बन्धित मृत्युको सङ्ख्या सन् २०२२ को १३ लाख २० हजारबाट घटेर गत वर्ष १२ लाख ५० हजार भएको छ । तर यो सङ्क्रामक रोग लाग्ने मानिसहरूको कूल सङ्ख्या ७५ लाखबाट बढेर ८२ लाख पुगेको छ।

सबै नयाँ केस पत्ता नलाग्ने भए पनि डब्लूटीओको अनुमानअनुसार गत वर्ष करिब एक करोड आठ लाख मानिसलाई यो रोग लागेको थियो। ‘हामीसँग यसको रोकथाम, पत्ता लगाउने र उपचार गर्ने साधन हुँदा पनि टLबीले अझै पनि धेरै मानिसको ज्यान लिने र बिरामी बनाउने तथ्य एउटा आक्रोश हो”, डब्लूएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयससले एक विज्ञप्तिमा भनेका छन्, ‘डब्लूएचओले सबै देशलाई ती साधनहरूको प्रयोग बढाउन र टिबी अन्त्य गर्न उनीहरूले गरेका ठोस प्रतिबद्धताहरू पूरा गर्न आग्रह गर्दछ।’

प्रतिवेदनअनुसार सन् २०२२ र २०२३ बीच केसहरूमा भएको वृद्धिले मुख्यतया विश्वव्यापी जनसङ्ख्या वृद्धिलाई प्रतिबिम्बित गर्छ। गत वर्ष टीबीको घटना दर प्रति एक लाख जनसङ्ख्यामा एक सय ३४ नयाँ केस थियो । यो सन् २०२२ को तुलनामा ०‍.२ प्रतिशतले बढी हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved