मुमा बडामहारानीलाई निमोनिया, हाइ केयर मा उपचार हुँदै

  • कार्तिक २०, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनिया पुष्टि भएको छ।​

९७ वर्षिया मुमा बडामहारानी शाहको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो। परीक्षणको क्रममा उहाँलाई निमोनिया भएको उहाँको उपचारमा संलग्न चिकित्सकहरूलाई उल्लेख गर्दै उहाँका निजी सचिव शम्भु अधिकारीले जानकारी दिए। सचिव अधिकारीले निमोनिया लगायतको समस्या देखिएपछि हाल उहाँलाई हाइ कियर युनिटमा राखेर उपचार भइरहेको बताए ।

नर्भिक अस्पतालका कार्डियोलोजिस्ट डाक्टर यादव भट्ट आर्मीका डा.किशोरजंग राणा सहितको टिमले उहाँको उपचार गरिरहेको जनाइएको छ।

उहाँ राजा महेन्द्र वीर विक्रम शाहको दोश्रो पत्नी हुनुहुन्छ । काठमाडौंको रत्नपार्क, रत्नराज्य क्याम्पस, उहाकै नाममा बनेको हो। उहाँ नारायणहिटी दरवार परिसरमा उहाँका श्रीमान स्व. राजा महेन्द्रले बनाएको महेन्द्र मञ्जिलमा बस्दै आउनु भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved