नारायणगढ-मुग्लिन सडक दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो

  • कार्तिक २३, २०८१
  • कालापानी मिडिया
alt

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

अन्य पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए। मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६-००१ ज. ०२९८ नम्बरको विद्युतीय हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा. प्र. ०३-००१ ख. २८१२ नम्बरको बस ठोक्किँएका हुन्।

प्रवक्ता रिजालका अनुसार बिहान ३ बजे भएको दुर्घटनामा विद्युतीय गाडीमा सवार यात्रुको मृत्यु भएको हो। मृतक गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङबाहेक अरुको पहिचान खुलिसकेको छैन। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।

घाइतेको भारतपुर अस्पताल र चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालक मकवानपुर हेटौडा उपमहानगर पालिका ९ का सूर्य विक्रम विष्टलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved