बिहान ११ बजे राप्रपा नेपालको केन्द्रीय समितिको बैठक बस्दै

  • पुस १९, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसमिति बैठक आज शुक्रबार बस्दैछ।

नवदुर्गा पार्टी प्यालेस धुमबाराहिमा बिहान ११ बजे बस्ने बैठकमा पार्टीको सांठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ संगठनको क्रियाशीलता प्रशिक्षण र महाधिवेशन केन्द्रित अभियानबारे छलफल हुने जनाइएको हो।

यस्तै पार्टी अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थिति र पार्टीको भाबि कार्यदिशा र कार्यक्रम बारे कार्यपत्र प्रस्तुत गर्ने कार्यसुची रहेको छ भने पार्टीका पदाधिकारीबाट संगठन , प्रशिक्षण , महाधिवेशन, आन्दोलन र आर्थिक बिषयमा प्रतिबेदन पेश हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा अहिले मुलुकमा कायम ब्रम्हलुट र मनपरितन्त्रको बिकल्प आन्दोलन भएकोले सबै राष्ट्रबादी , प्रजातन्त्रबादी, हिन्दुबादी ,राजाबादीहरु एक भएर आन्दोलनमा जानुपर्नेमा विशेष जोड दिईने समेत बताईएको छ ।

स्थानिय तहहरुको अधिबेशन, भातृ संगठनहरुको कृयाशिलताका बारेमा पनि बैठकमा छलफल हुनेछ भने पौष २७ गते राष्ट्रिय एकता दिवस सदा झै भब्यतारुपमा मनाउने समेत निर्णय हुने जनाएको छ ।

 पार्टीले हालै तराई मधेश सम्मेलन सम्पन्न गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved