कार्यकालको अन्तिममा इजरायलमा थप हतियार पठाउने बाइडेनको योजना

  • पुस २१, २०८१
  • कालापानी मिडिया
alt

                 फाइल तस्बिर

न्युयोर्क । अमेरिकी विदेश मन्त्रालयले ८ अर्ब अमेरिकी डलर बराबरको सैन्य सामग्री इजरायललाई बिक्री गर्ने बारे जानकारी गराएको छ।

मिसाइल सेल र अन्य युद्ध सामग्री बिक्री गर्नका लागि संसद्को समर्थन आवश्यक छ। बाइडेनले राष्ट्रपति कार्यालय छाड्ने दुई साता अघि यो योजना बनाएका हुन्। अगस्ट महिनामा मात्र अमेरिकी संसदमा २० अर्ब बराबरकारे सैन्य सामग्री बिक्रीको प्रस्ताव पास भएको थियो। अहिले हवाई मिसाइललगायत सामग्री वितरणको योजना बनाइएको छ।

इजरायलसँग आफ्नो भूमि र नागरिकको रक्षा गर्ने अधिकार भएको जिकिर गर्दै राष्ट्रपति जो बाइडेनले निरन्तर सहयोगको योजना अघि बढाएका हुन्। संसारकै सबै भन्दा परिष्कृत हतियार बनाउने गरेको अमेरिकाले इजरायलमा सबै भन्दा धेरै हतियार उपलब्ध गराउने गरेको छ।

सन् २०१९ देखि २०२३ को इजरायलमा कुल ६९ प्रतिशत सैन्य सामग्री अमेरिकाबाट पुगेको स्कटहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटको अध्ययनले देखाएको छ।

सन् २०२४ को मे मा इजरायलले रफाहमा गरेको जमिन आक्रमणमा असहमति जनाउँदै हतियार पठाउन बन्द गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेपाल वायु सेवा निगम ...

काठमाडौँ : नेपाल वायु सेवा निगमले काममा सक्रिय नभएका करार तथा मासिक ज्यालादारीका कर्मचारी कटौती गर्न ...

मतदाता नामावलीमा नाम ...

काठमाडौँ: प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता कार्यलाई तीव ...

मधेसका मुख्यमन्त्री ...

काठमाडौँ : सर्वोच्च अदालतले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कु ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved