बिहानको समयमा उपत्यकाको केही स्थानमा हुस्सु तथा कुहिरो

  • पुस २१, २०८१
  • कालापानी मिडिया
alt उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात र तराई क्षेत्रमा हुस्सु लाग्ने ।

काडमाडौं । जल तथा मौसम बिहविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरु लगायत उपत्यकाहरूमा हुस्सु र कुहिरो लागेको अवस्था छ । आज दिउँसो देशैभरका हिमाली, पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंंशिक बदली रही फाटफूटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । पहाडी र तराई क्षेत्रमा भने मौसम सफा रहने सम्भावना रहेको छ ।

बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
चिनमा ५.३को भूकम्प क ...

काठमाडौं उपत्यकामा ठुलो भूकम्पको धक्का महसुस भएको छ । बिहान ६:५२ मिनेटमा लामो समयसम्म भूकम्पको धक्का ...

विश्वकप खेल्ने नेपाल ...

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी यू–१९ महिला विश्वकप २०२५ का लागि नेपाली राष्ट्र ...

माओवादीको केन्द्रिय ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुनेछ। पार्टी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved