काठमाडौं । आज काठमाडौं उपत्यकामा ठुलो भूकम्पको धक्का महसुस भएको छ । बिहान ६:५० मिनेटमा लामो समयसम्म भूकम्पको धक्का महसुस भएको हो ।
नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।
पटकपटक गरेर लगातार ठूलो भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्किएका छन् ।
पछिल्लो केही महिनायता पश्चिम नेपालमा लगातार चार म्याग्निच्यूडभन्दा माथिको भूकम्प गइराखेको थियो ।
भूकम्पको धक्का चीन, नेपालसहित बंगलादेश, भारत र भुटानमा समेत महसुस भएको हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved