कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाखमा सीमित राख्‍न सके निकै राम्रो-ट्रम्प

  • चैत १७, २०७६
  • कालापानी मिडिया
alt

१७ चैत, एजेन्सी । राष्ट्रपति कार्यालय ह्वाइटहाउसको रोज गार्डनमा बोल्दै ट्रम्पले ‘भाइरसका कारण मृत्यु हुनेको संख्या एक लाख भन्दा कममा राख्न सक्नु आफ्नो प्रशासनको सफलता हुने’दाबी गरे।

हिँडडुल तथा सामाजिक क्रियाकलापमा गर्दै आएको देशव्यापी कडाई एक महिनाका लागि बढाइएको घोषणा गर्दै ट्रम्पले भने,‘जुनको सुरूसम्ममा स्थिति सामान्य भइसक्छ।

यसअघि ट्रम्पले इस्टर ९अप्रिल १२० को खुशीयालीसँगै कोभिड-१९ को संक्रमण हट्ने बताएका थिए। उनले अमेरिकामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या आगामी दुई साता बढ्ने र त्यसपछि क्रमशः घट्दै जाने दाबी गरे।

ट्रम्पका अनुसार अबका दुई सातामा अस्पतालहरूले संक्रमितको संख्या धान्नै नसक्ने अवस्था हुनसक्छ। स्वाथ्य सल्लाहकार, जनस्वास्थ्य विज्ञ तथा वैज्ञानिकहरुको चेतावनीका कारण एक महिनाका लागि सामाजिक क्रियाकलापका लागि कडाई गरिएको ट्रम्पको भनाई छ।

\अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ तथा ह्‍वाइट हाउसका चिकित्सा सल्लाहकार डा। एन्थोनी फौसीले अमेरिकामा कोभिड-१९ का कारण कम्तीमा २ लाख जनाको मृत्यु हुने चेतावनी यसअघि नै दिएका थिए।

कोभिड-१९ का कारण अमेरिकामा हालसम्म २ हजार ४ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन्। १ लाख ४२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ। कान्तिपुर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved