भ्रष्टाचार अभियोगमा एमाले नेता कुइँकेलसहित नौ जना दोषी ठहर

  • फाल्गुन १, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिएर भ्रष्टाचार गरेको अभियोगमा एमाले नेता निर्मल कुइँकेलसहित नौ जना सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन् ।

बुधवार न्यायाधीश कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले विशेष अदालतको फैसला उल्टाउँदै नौ जनालाई सजाय सुनाएको हो । कुइँकेललाई ६ वर्ष कैद सजाय तोकिएको छ ।

उनले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव हुँदा बालुवाखानी सञ्चालनको ठेक्कामा निर्णय गर्दा भ्रष्टाचार गरेको अभियोग थियो । उनले ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको सर्वोच्चको ठहर छ ।

न्यायाधीशहरू कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले पशुपति क्षेत्र विकास कोषका अर्का सदस्य सचिव सुशील नाहाटालाई ६ वर्ष कैद सजाय सुनाएको छ । उनले ९१ लाख ६३ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर भएको छ । उनलाई त्यति नै जरीवाना हुनेछ ।

अर्का स्थानीय विकास अधिकारी प्रेमराज जोशीमाथि ६ महिना कैद सजायको फैसला भएको छ । उनले २ करोड ३७ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहरसहित सर्वोच्च अदालतले त्यति नै रकम जरीवाना गर्ने फैसला गरेको छ ।

काठमाण्डौ जिविसका तत्कालीन योजना अधिकृत भीष्मकुमार मल्ल, राजुकुमार रेग्मीलाई पनि जोशीकै सरह कैद र जरीवानाको फैसला भएको छ । सर्वोच्च अदालतले बालुवाखानीको ठेक्का पाएका बच्चराम दाहालबाट १२ करोड ९९ लाख रुपैयाँ असुल्नुपर्ने फैसला गरेको छ । अर्का ठेकेदार मिठाराम दाहालबाट २ लाख ३७ हजार रुपैयाँ असुल्नुपर्ने फैसला भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
हुथी विद्रोहीहरूमाथि ...

काठमाडौं । यमनका हुथी विद्रोहीहरूमाथि भएको अमेरिकी हवाई आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ जना पुग ...

रघुजी पन्तले ज्ञाने ...

काठमाडौं : राप्रपा सांसद दिपकबहादुर सिंहले आफ्ना सांसद ज्ञानेन्द्रबहादुर शाहीमाथि नेकपा एमालेका सांस ...

असफल भएको गणतन्त्र ...

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवलशमशेर राणाले लोकतान्त्रिक गणतन्त्र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved