सांसद शर्माद्वारा हुम्लाकी देवीसराको निःशुल्क मिर्गौला प्रत्यारोपण गरिदिने घोषणा, केएमसीमा उपचार सुरु

  • फागुन २, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले हुम्ला जिल्लाको अत्यन्तै दुर्गम गाउँकी देबिसरा रावलको निःशुल्क मिर्गौला प्रत्यारोपण गरिदिने घोषणा गरेका छन्। उ

नले काठमाडौं मेडिकल कलेज (केएमसी) मा निःशुल्क मिर्गौला प्रत्यारोपण गरिदिने घोषणा गरेका हुन् । जिल्लाका सांसद तथा माओवादी केन्द्रका नेता छिरिङ डम्डुल लामा र बिरामीका श्रीमान् हर्क बहादुर रावलले डा. शर्मासँग भेट गरेपछि उनले निःशुल्क उपचार गरिदिने प्रतिबद्धता जनाएका हुन्।

साथै, उनले बिरामीको औषधि खर्चका लागि एक लाख रुपैयाँसम्म सहयोग गर्ने वचन दिएका छन् । देविसरालाई अस्पताल ल्याउन थानकोटस्थित उनको निवासमा एम्बुलेन्स पठाई केएमसीमा उपचारको प्रक्रिया सुरु गरिएको छ। यस क्रममा बिरामीका श्रीमान् हर्क बहादुरले डा.शर्मा आफूहरूका लागि भगवान बनेको बताए ।

सांसद शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म विभिन्न निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै लाखौं गरिब तथा विपन्न नागरिकलाई सेवा प्रदान गर्दै आएका छन्। स्वास्थ्य शिविरमा सम्भव नभएका बिरामीहरूको लागि उनले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएका छन्।

त्यसैगरी, उनले नोबेल मेडिकल कलेजमा आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि, जुनसुकै पार्टीका भए पनि, निःशुल्क क्याबिनको व्यवस्था मिलाएका छन्।

साथै, काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पनि आर्थिक अवस्था कमजोर भएका विरामीहरूको निःशुल्क उपचार गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved