आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरु

  • फागुन ५, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा हुन लागेको फुटबलको उद्घाटन खेलमा नेपालले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । त्यसका लागि नेपाली टोलीको तयारी पूरा भएको एन्फाले जनाएको छ ।

खेलका लागि नेपाल बाहिर रहेका महिला फुटबल खेलाडी एन्जिला र रेखा स्वदेश फर्किसकेका छन् । प्रतियोगितामा नेपालका साथै कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहनेछ ।

नेपालमा पहिलो पटक चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगिताका खेलहरू राउन्ड रोबिन आधारमा हुने एन्फाले जनाएको छ ।

खेल तालिका अनुसार नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ । नेपालका सबै खेलहरु दशरथ रंगशालामा साँझ साढे पाँच बजे शुरु हुनेछ ।

लिगमा शीर्ष हुने दुई टोलीबीच फागुन १४ मा फाइनल हुनेछ । प्रतियोगिताको टिकट दर साधारणतर्फ ५ सय र भीआइपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेपाल वायु सेवा निगम ...

काठमाडौँ : नेपाल वायु सेवा निगमले काममा सक्रिय नभएका करार तथा मासिक ज्यालादारीका कर्मचारी कटौती गर्न ...

मतदाता नामावलीमा नाम ...

काठमाडौँ: प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता कार्यलाई तीव ...

मधेसका मुख्यमन्त्री ...

काठमाडौँ : सर्वोच्च अदालतले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कु ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved