द्वन्द्वबाट दुई करोड ६० लाख सुडानी नागरिक प्रभावित-संयुक्त राष्ट्र सङ्घ

  • फागुन ६, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौ । संयुक्त राष्ट्र सङ्घले सुडान भित्र र छिमेकी देशमा चलिरहेको द्वन्द्वबाट दुई करोड ६० लाख सुडानी नागरिक प्रभावित भएका जनाएको छ । उनीहरूलाई सहयोग गर्न ६ अर्ब अमेरिकी डलरको मानवीय अपीलसमेत गरेको छ ।

मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्र सङ्घको कार्यालय ९ओसीएचए० ले सन् २०२५ मा सुडान मानवीय आवश्यकता र क्षेत्रीय शरणार्थी प्रतिक्रिया योजनाको शुरुवात घोषणा गरेको छ ।
जसमा सुडान भित्रका लगभग २१ लाख मानिस र छिमेकी देशमा रहेका पाँच लाख शरणार्थीहरूलाई सहयोग गर्न ६ अर्ब अमेरिकी डलर चाहिने मानवीय मामिलाका लागि उप–महासचिव तथा आपतकालीन राहत संयोजक टम फ्लेचरले बताउनुभयो ।

दुई वर्षदेखिको द्वन्द्वले सुडान र सीमापारका एक करोड २० लाख मानिस विस्थापित भएका छन् । सुडानमा सन् २०२३ को मध्यदेखि सुडानी सशस्त्र बल र अर्धसैनिक द्रुत समर्थन बलहरू बीचको द्वन्द्वमा फसेको छ ।

यसैबीच दक्षिण सुडानमा संयुक्त राष्ट्र मानव अधिकार आयोगका विज्ञहरूले मानव अधिकारको अवस्थाबारे छलफल गर्न चार दिने भ्रमण शुरू गरेका छन् ।

आयोगले दक्षिण सुडानको मानवअधिकार अवस्थाको बारेमा आफ्नो पछिल्लो निष्कर्ष अर्को हप्ता जेनेभामा संयुक्त राष्ट्र मानव अधिकार परिषद्मा प्रस्तुत गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved