देशवासीलाई राजा ज्ञानेन्द्रको आह्वान- देश जोगाउन मलाई साथ दिनुस्

व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्ररी बदल्न नसक्नु दुःखद भएको धारणा

  • फागुन ६, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले देशको अभिभावकीय भूमिका निर्वाह गर्न आफु तयार रहेको भन्दै आफुलाई साथ दिन देशवासीलालाई आह्वान गर्नुभएको छ ।

७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना संदेश दिनुहुँदै राजा शाहले राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिकालागि आफुले जुनसुकै त्याग गर्न समेत तयार रहेको र त्यसका लागि आफुलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्नुभएको हो । उहाँले देशका निम्ति र राष्ट्रका खातिर आफ्नो समर्पण, निष्ठा सदैव हुनेछ भन्दै हव देश जोगाउने बेला आएको र देश जोगउन राजा जनता एक हुनुपर्ने धारणा समेत राख्नु भएको छ ।

उहाँले राष्ट्रको हितमा आफुले उदारता देखाएको, जनताको भलो होस भनेर आफ्नो ओहदा र सुख सुविधालाई समेत त्याग गरेको स्मरण समेत गराउनु भएको छ । उहाँले भन्नु भएको छ, "त्यागले कसैको कद सानो हुने होइन, र त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नु हुँदैन। कतै कुनै पनि पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो। हाम्रो त्यागको अर्थ र आसय पनि त्यही नै हो। हाम्रो इतिहासलाई नास गरेर र पहिचानको अपमान गरेर हामी उभो लाग्दैनौ भन्ने कुराको हेक्का राखेर हामी अघि बढौं । विगतका कमीकमजोरी तथा आफ्नो प्रकृति र संस्कृति विरुद्धका त्रुटी सच्चाएर अघि बढ्ने चेतना हामीलाई प्राप्त होस ।,"

उहाँले वर्तमान अवस्थाका कारण देश डामाडोलको अवस्थामा पुगेको र देशको इतिहासनै मेटिदै गएको भन्दै अब देशको अस्तित्व जोगाउनुपर्ने बेला आएको बताउनुभयो । उहाँले भन्नुभयो, "आज देशको इतिहास मेटिदै गएको छ । नेपालको अस्तित्व नासिदै गएको छ। नेपालका होनहार जनशक्ति दिनहुँ ताँती लागेर देशवाट बाहिरिदै गएका छन् । नेपालीको पसिना आफ्नो माटोमा होइन, अन्तै पोखिरहेको छ । जन्मदै नेपालीको शिरमा हजार होइन लाखको ऋणभारको बोझ छ। हाम्रा कलकारखाना, व्यापार व्यवसाय निरन्तर धरासायी बन्दै छ । हुँदा हुँदा हाम्रा शिक्षालयहरुमा समेत शिक्षक र विद्यार्थीहरु पातलिदै गएका छन् । नेपालको पद्धति, नीति र गतिविधी ठीक छैन, यहाँ बसेर केही हुँदैन । श्रम, शीप चेतना र ज्ञान भएका हाम्रा नागरिकहरुमा त्यस प्रकारको भाष्य चलि रहेको छ । यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन ।,"

प्रजातन्त्र भनेको आसा जगाउने प्रणाली, जनताको भरोसा बढाउने प्रणाली हुनुपर्ने धारणा राख्दै उहाँले भन्नुभयो, प्रजातन्त्र फल्दै फुल्दै जाँदा हामी सबैको भाग्य र भविष्य चम्कन्छ । व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्ररी बदल्न नसक्नु दुःखको कुरा भएको उहाँको धारणा छ ।
हेर्नुस उहाँले दिनुभएको संदेश जस्ताको त्यस्तै

king sambhodhan

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved