आउनुस राजा र जनता मिलेर देश जोगाउँ

  • फाल्गुन ६, २०८१
  • कालापानी मिडिया
alt

अनुपमा जोशी,

७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामाा शुभकामना संदेश दिनुहुँदै राजा ज्ञानेन्द्र शाहले देशको अभिभावकीय भूमिका निर्वाह गर्न आफु तयार रहेको तर त्यसकालागि जनताले आफुलाई साथ दिन आह्वान गर्नुभयो । राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिकालागि आफुले जुनसुकै त्याग गर्न समेत तयार रहेको र त्यसका लागि आफुलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्नुभएको छ । उहाँले देशका निम्ति र राष्ट्रका खातिर आफ्नो समर्पण, निष्ठा सदैव हुनेछ भन्दै अब देश जोगाउने बेला आएको र देश जोगउन राजा जनता एक हुनुपर्ने धारणा समेत राख्नु भएको छ ।

हुनुपनि राजा ज्ञानेन्द्र शाह त्यस्ता राजा हुनहुुन्छ जसले राष्ट्र र जनताकालागि आफ्ना पूर्खाले आर्जेको बिरासत जनताको नासो भन्दै जनतालाईनै सुम्पिदै आफु एक सर्वसाधारण नागरिक सरह हिडिरहनु भएको छ । एक राजा जसको पुर्खाले यो देश निर्माण गरेको हो उसकालागि यसरी चटक्क शासन सत्ता छाडेर बस्न सक्नु कल्पना सम्मपनि गर्न नसकिने विषय हो । तर राजाले आफ्नो स्वार्थ हेर्नुभएन । बरु राष्ट्रिय समस्या सुल्झियोस भनेर यति ठूलो त्याग गर्नुभयो । देशमा रक्तपात र अशान्तिपूर्ण हुनुहुँदैन भनेर होला राजा ज्ञानेन्द्रले जनताको मतलाई कदर गरेर विना कुनै शर्त राजदरबार र राजगद्दी त्याग गर्नुभयो ।

उसोत २०६२/६३को आन्दोलन उत्कर्षमा पुगेको बेला तत्कालीन प्रमुख राजनीतिक दलहरूसंग एउटा भद्र पाँचबुदे सहमति भएको थियो । जसमा राजा र दलका नेताहरुबिच संसद् पुनर्स्थापित गर्ने कुरा, संवैधानिक राजसंस्था कायम राख्ने , आन्दोलन स्थगित गर्ने, सार्वभौम अधिकार जनतामा रहने र कार्यकारी अधिकार मन्त्रिपरिषद्‌मा राख्ने भन्दै पाँच बुँदामा भद्र सहमति भएको थियो । त्यही अनुरुप संसद् पुनर्स्थापना भयो र त्यसको पहिलो बैठकले सहमति अनुरूप त्यति बेलासम्म राजपरिषद्ले राजाको उत्तराधिकारी को हुने भन्ने निर्णय गरिआएकोमा अब त्यो अधिकार संसद्ले लिने र संसद्ले उत्तराधिकारी निर्धारण गर्ने, छोरी पनि उत्तराधिकारी हुनसक्ने र गद्दीमा आसीन हुनसक्ने भनेर निर्णय लिएको थियो। तर संवैधानिक राजसंस्था कायम राख्ने विषयमा भने दरहरु मौन बसेका छन् । उनिहरुले राजालाई धोका दिए। आजका मितिसम्म राजा एक्लैले त्यो सहमती पालना गरेर बसिरहनृु भएको छ । तर, दलका नेताहरु भने दुईपक्षविच भएको सहमति कायम गर्नुपर्नेमा उल्टै राजालाई तथानाम भन्दै र अनेकन लान्छना लगाउदै आफु पानिमुनिको ओभानो बन्न पुगे ।

जनतालेपनि नेताहरुले बोल्दै आएको झुटमा साथ दिदै आएका थिए तर अबभने जनताले दलका नेताहरुको असली रुप देखिसके । देशको अभिभावकमाथी गरेको त्यो अत्याचारको पछुताव गर्दै अहिले राजालाई जनताले साथ दिइरहेको बारे भनिरहनु पर्दैनहोला । जुन राजालाई जनताले गरेको स्वागत, सत्कार, माया, इज्जत र जयजयकारले देखाइरहेको छ । राजा जता जता जानुहुन्छ त्यहाँ त्यहाँ जनताको भिड लागेको हुन्छ । त्यसकालागि न कुनै अग्रिम सुचना जारी गर्नु परेको छ नत कार्यकर्ता भर्ति गरेर खटाउनुनै परेको छ । राजा आउदैहुनुहुन्छ भन्ने थाहा पाउनासाथ भिड आफै जम्मा हुन्छ । तरपनि राजनीतिक दलहरुले अनदेखा गरेर बसेका छन् ।

राजा ज्ञानेन्द्र शाहले सत्ताबाट विश्राम लिएपश्चात आजसम्म मुलुकले निकास पाउन सकेको छैन । मुलुकमा भ्रष्टाचार मौलाएको छ । राज्यकोषबाट ढुकुटी रित्तिएको छ । मुलुकमा झनै विकृति, बिसंगति, भ्ष्टाचार, अराजकता, ढण्डहीनता बढदै गएको मात्रे छैन, मुलुक हरेक क्षेत्रमा धरासायी बनेको छ । देशको इतिहास मेटिदै गएको छ, अस्तित्व नासिदै गएको छ। देशमा नयाँ नयाँ नन्दि भ्रिंगिको उदय भएको छ । छोटे राजाहरुले मुलुकमा ब्रह्मलुट फैलाएका छन् ।

हजारौँको संख्यामा देशको होनहार जनशक्ति दिनहुँ बाहिरिदै गएको तितो यर्थार्थ हामी सामु छ । नेपालीले आफ्नो पसिना आफ्नो माटोमा होइन, बिदेशी भूमिमा पोखिरहेका छन् । जन्मदै नेपालीको शिरमा हजारौ होइन लाखौको ऋणभारको बोझ छ। राजाका पालामा भएका, खोलिएका कलकारखाना, व्यापार व्यवसाय सबै बन्द भएका छन् भने बाकरिहेका पनि निरन्तर धरासायी बन्दै गएका छन् । हरेक बिद्यार्थीको मनमा आफ्नो भविष्य विदेश नै हो भन्ने छाप बसिसकेको छ । यहाँको शिक्षा पद्धति, नीति र गतिविधी ठीक छैन, यहाँ बसेर केही हुँदैन भन्ने भाष्य चलि रहेको यो कठिन घडिमा अब दलका नेताहरुले राजासंग गरिएको त्यो भद्र सहमतीको पालना गर्नै पर्छ ।

राष्ट्र रक्षाको निमित्त सबैको अनुशासन र इमान्दार प्रयत्न हुनु पर्दछ । त्यतिवेला दलका नेताहरुलाई साथ दिएको नेपालको सुरुक्षा निकाय-प्रहरी प्रशासन होस वा नेपाली सेना यिनलेपनि अब राजालाई साथ दिनुपर्ने बेला आएको छ । किनभने राजाले तत्कालीन समयमा राष्ट्रिय समस्या सुल्झियोस भनेर त्याग गरेर्नुभएको थियो र अबपनि नेपालको उन्नतिको लागि आफु जे गर्न पनि तयार रहेको भन्दै आफुलाई साथ दिन सबै देशवासीका नाममा आह्वान गर्नुभएको छ । तर, बिगतमा राजाले एक इसारा मात्रै दिनुभए हामी सारा जनता सडकमा उतारेर राजालाई सिंहासनमा राख्छौ भन्नेहरुकालागि वा आफुलाई राजावादी भन्न रुचाउनेहरुकालागि भने राजाले गर्नुभएको यो आह्वान चुनौतिपूर्ण बनेको छ ।

आज यो देश भ्रष्ट नेताहरूका कारण विदेशीहरूले खेल्ने क्रिडास्थल बन्न पुगेको छ । देशको शिक्षा पद्धति, नीति नियम नै कामको छैन् , यहाँ बसेर कुनैपनि कार्य गर्न सकिदैन भन्ने भाष्य चलि रहेको यो कठिन घडिमा अब दलका नेताहरुले राजासंग गरिएको त्यो भद्र सहमतीको पालना गर्नै पर्छ । राष्ट्र हितकालागि सबैको अनुशासन र इमान्दारीता हुनै पर्छ। उतिवेला दलका नेताहरुलाई साथ दिएको नेपालको सुरुक्षा निकाय- प्रहरी प्रशासन होस वा नेपाली सेना यिनलेपनि अब राजालाई साथ दिनुपर्ने बेला आएको छ । किनभने राजाले तत्कालीन समयमा राष्ट्रिय समस्या सुल्झियोस भनेर त्याग गरेर्नुभएको थियो र अबपनि नेपालको उन्नतिको लागि आफु जे गर्न पनि तयार रहेको भन्दै आफुलाई साथ दिन सबै देशवासीका नाममा आह्वान गर्नुभएको छ ।

यो कुनै व्यक्तिको आह्वान नभएर यो मुलुकको अभिभावक अर्थात, राजाको आह्वान हो । राजा भनेको राष्ट्र हो। त्यही राष्ट्र जोगाउन देशमा राजसंस्था चाहिन्छ । यसैले देशलाई निकाश दिनकैलागि भएपनि आउनुस यो भ्रष्ट व्यवस्थाको अन्त गर्ने प्रणसहित सबै एकजुट होउ । २००७ सालमा राजा र जनता मिलेर प्रजातन्त्र ल्याए जस्तै गरेर राजा र जनताको साझा प्रयासबाट देश बनाउने काममा सबै नेपाली एकजुट भइ अघि बढौं ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
हुथी विद्रोहीहरूमाथि ...

काठमाडौं । यमनका हुथी विद्रोहीहरूमाथि भएको अमेरिकी हवाई आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ जना पुग ...

रघुजी पन्तले ज्ञाने ...

काठमाडौं : राप्रपा सांसद दिपकबहादुर सिंहले आफ्ना सांसद ज्ञानेन्द्रबहादुर शाहीमाथि नेकपा एमालेका सांस ...

असफल भएको गणतन्त्र ...

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवलशमशेर राणाले लोकतान्त्रिक गणतन्त्र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved