रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न साउदी अरबमा उच्चस्तरीय वार्ता

  • फागुन ७, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न अमेरिका र रुस उच्चस्तरीय टोली गठन गर्न सहमत भएका छन् । साउदी अरबमा मंगलबार रुस र अमेरिकाबीच भएको वार्तापछि उच्चस्तरीय वार्ता गर्ने सहमति भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

दुई देशका प्रतिनिधिबीच साउदी अरबमा मंगलबार वार्ता भएको हो । वार्ताको नेतृत्व दुवै देशका विदेशमन्त्रीले गरेका थिए। वार्तामा रुसका तर्फबाट विदेशमन्त्री सर्गेई लाभरोभ र युरी उसाकोभ सहभागी थिए। अमेरिकी टोलीमा विदेशमन्त्री मार्को रुबियो, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका लागि अमेरिकी विशेषदूत स्टिभ विटकफ पनि सहभागी थिए ।

साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल बिन फरहान अल-साउद र राष्ट्रिय सुरक्षा सल्लाहकार मुसइद बिन महम्मद अल-ऐवान सहभागी थिए । अमेरिकाले यो वार्ता युद्ध अन्त्यका लागि रुस गम्भीर भए(नभएको विषय निर्धारण गर्ने महत्त्वपूर्ण कदम भएको बताएको छ।

वार्तामा युक्रेनी पक्षलाई भने सहभागी गराइएको थिएन। वार्तापछि अमेरिकी विदेशमन्त्री रुबियोले कसैलाई पनि किनारा नलगाएको बताए। यसअघि युक्रेनी राष्ट्रपति भ्लोदिमिरजेलेन्स्कीले ‘युक्रेनको संलग्नताबिना गरिएका सम्झौता युक्रेनले कहिल्यै पनि स्वीकार नगर्ने’ बताएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved