काठमाडौं । केही दिनदेखी पोखरामा रहनुभएका राजा ज्ञानेन्द्र भोली १३ गते मंगलबार भने स्याङ्जा प्रस्थान गर्ने हुनुभएको छ ।
राजा शाह आलमदेवी मन्दीरको दर्शन गर्न मंगलबार बिहानै त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको राजाको सचिवालयले जनाएको छ । आलमदेवी शाह वंशीय कुल देवी हुन् । शाहवशंले हरेक वर्ष यसमन्दीरमा पूजा लगाउने गरेको र यसवर्षपनि पोखरा भ्रमणमा रहनुभएका राजा आलमदेवी पुगेर पूजापाठ गरेर भोली नै फर्किर्नुहुने जनाइएको छ ।
राजा शाह स्याङ्जा जाने क्रममा उहाँका समर्थकहरुले बाटोभरी नै भव्य स्वागत कार्यक्रम राखेको जानकारीमा आएको छ । जसमध्ये फेदीखोलामा, स्याङजा बजार, रामखोला,बयरघारी लगायतका विभिनन ठाउँमा स्थानीयले राजाको भव्य स्वागत गर्ने कार्यक्रम समेत तय भएको राप्रपाका केन्द्रीय सदस्य उदय पोखरेलले कालापानी मिडियालाई जानकारी दिए । उनले भने, (राजा प्रस्थान गर्ने बाटोभरी नै स्थानीय जनताले कलशहरु सजाएर राजाको स्वागत गर्न भव्य तयारी गरेका छन् । जनतामा उत्साह छाएको छ । अझ राजा आलमदेवी जाने भनेर प्रचार भएको भए त ठूलै भिडभाड हुन्थ्यो त्यपनि थाहा पाउका जति सबै राजाको स्वागत गर्न भनेर हौसिएका छन्, जसले लाग्छ जनतामा अहिलेको व्यवस्था देखेर नैरास्यता मात्रै फैलिएको छ ।,)
यसै क्रममा राजा शाह १६ गते शुक्रबार पोखराका जनतासंगै पैदल सडकमा निस्कने हुनुभएको छ । विन्दबासिनी मन्दीरको दर्शन गर्न पोखराको नादिया टोल अर्थात नालाको मुखदेखी विन्दबासिनी मन्दीर सम्म पैदल जनतासंगै हिडेर जानुहुने कार्यक्रम तय भएको छ । पोखरा बसाइ क्रै क्रममा बाग्लुङ र म्याग्दीको भ्रमण गर्ने कार्यक्रम पनि रहेको तर समयभने तय नभएको वताएको छ । बिगत दुई सातादेखी राजा ज्ञानेन्द्र सम्पूर्ण परिवार सहित पोखराको लेकसाइडमा बसिरहनु भएको छ ।
उहाँले बडामहारानी कोमल र छोरी प्ररणाको जन्मोत्सव पनि परिवारका साथ त्यहि मनाउनु भयो भने पोखराका विभिन्न मठमन्दिर दर्शन गर्ने, पूजापाठमा सहभागी हुने र स्थानीय व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि गर्नुभयो । गणतन्त्र र गणतन्त्रका नेताहरुको काम कारवाहिले वाक्क भएका जनतामा यतिबेला राजा ज्ञानेन्द्रप्रति ठूलो आश र भरोषा जागेको छ । देशभर नै राजाप्रतिको लोकप्रियता बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved