१८ चैत,भिम भुसाल, देवचुली । पुर्वी नवलपरासीको देवचुली नगरपालिकाका २ दुग्ध सहकारीले चार हजार लिटर भन्दा धेरै दुध नालामा पोखेका छन् ।
दश दिन पहिले किसानबाट किनेर संकलन भएको दूध, डेरी उद्योगले लिन नआउदा प्रयोगमा ल्याउन नमिल्ने गरि विग्रिएपछी नालामा पोखेका हुन् । देवचुलीको दल्दले दुग्ध विकास सहकारी संस्था र शुभलक्ष्मी दुग्ध विकास सहकारी संस्थाले किसानबाट खरिद गरिएको ४ हजार लिटर भन्दा धेरै दूध फाल्नु परेको गुनासो गरेका छन् ।
काठमाडौंका ठूला डेरी उद्योग नआएपछि पोख्नुपरेको संस्थाले जनाएको छ । अरू बेला उक्त सहकारीबाट काठमाडौंको हिमालयन डेरी, दुग्ध विकास संस्थान र पोखराको फिस्टेल डेरीले दूध किनेर लाने गरेका थिए ।
लकडाउनपछि दूध बिक्री नभएको भन्दै ती कुनै पनि दूध लिन आएका छैनन् । लकडाउनले गर्दा दुध खरिद गर्ने कम्पनीहरु नआउदा किसानहरु मारमा परेको शुभलक्ष्मी दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष दशरथ भुसालले गुनासो गरे ।
उनले उक्त दूध घिउ तथा पनिर बनाउन नमिल्ने गरि बिग्रिएकोले फाल्नु परेको बताए । लकडाउनले गर्दा दूध खरिद गर्ने ठुला कम्पनीले खरिद नगर्दा किसानलाई पर्न गएको असरलाई महसुस गर्दै किसानलाई राहत उपलब्ध गराईने देवचुली नगरपालिका वडा नम्बर १५ अध्यक्ष हरी भक्त भट्टराईले बताए ।
दल्दले दुग्ध विकास सहकारी संस्थाले किसानबाट खरिद गरेको ३२ सय ५० लिटर दूध पोखेको थियो भने शुभलक्ष्मी दुग्ध विकास सहकारी संस्थाले करिव एक हजार लिटर दूध नालामा पोखेको हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved