अब स्याङ्जाका बिपन्न बिरामीको केमसिमा निशुल्क उपचार हुने

  • फाल्गुन १३, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । स्वास्थ्य उपचारको पहुँचबाट बञ्चित भएका स्याङ्जाका विपन्न बिरामीहरूका लागि एक सुखद समाचार आएको छ।

नेता धनराज गुरुङको विशेष अनुरोधमा काठमाडौं मेडिकल कलेज (केएमसी) का प्रोपाइटर एवं सांसद डा. सुनिल शर्माले स्याङ्जाका आर्थिक रूपले कमजोर बिरामीहरूको लागि निशुल्क उपचारको व्यवस्था गरेका हुन् । यस योजना अनुसार, यही चैत्र ४ गते काठमाडौं मेडिकल कलेज, सिनामंगलमा स्याङ्जाका ती बिरामीहरूलाई अप्रेसन चार्ज, बेड चार्ज, रगत जाँच, सिटी स्क्यान, एमआरआई लगायतका सम्पूर्ण सेवा निःशुल्क प्रदान गरिनेछ।

बिरामीहरूले औषधि, औषधिजन्य सामग्री र खानाको व्यवस्था भने आफैं गर्नु पर्नेछ। स्याङ्जाका विपन्न बिरामीहरुले उपचार लिनको लागि स्याङ्जा कै स्थानिय अस्पतालमा जाँच गराई शल्यक्रिया गर्नु पर्ने भएमा वा अस्पतालमानै भर्ना गरी थप उपचार गर्नु पर्ने भएमा त्यहाँबाट रिफर लिई आउनु पर्ने हुन्छ । स्वास्थ्य बीमामा आबद्ध भएका विरामीहरुले बीमाको रिफर कागज पनि साथै लिएर आउनु पर्छ ।

विपन्न बिरामीहरुको केएमसीमा उपचारको लागि सहजिकरण नेता धनराज गुरुङको सचिवालयले गर्नेछ । स्वास्थ्य उपचारलाई मौलिक अधिकारका रूपमा स्थापित गर्ने अभियानमा लामो समयदेखि सक्रिय रहँदै आएका स्याङ्जा क्षेत्र नं. २ का संघीय सांसद धनराज गुरुङ सामाजिक कार्यमा अग्रसर नेताका रूपमा चिनिन्छन्।

समाजसेवा र जनकल्याणकारी कार्यमा विशेष योगदान दिँदै आएका गुरुङले यसपटक पनि आर्थिक अभावका कारण उपचार गराउन नसकेका नागरिकहरूलाई सहयोग पुर्‍याउने महत्वपूर्ण काम गरेका छन्।

यता डा. सुनिल शर्मा निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्दै हजारौं विरामीहरुलाई नवजीवन प्राप्त गर्न सारथीकोरुपमा स्थापित परिचित व्यक्ति हुन् । उनले पूर्वी नेपाल देखि सूदुर पश्चिम सम्म विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी लाखौंलाई गाँउ घरमै उपचारसेवा पुर्याउदै आएका छन् । अपरेसन गर्न नसकिरहेका, आफ्नो रोगको सही उपचार गर्न असमर्थ विरामीहरु देखि मिर्गौला प्रत्यारोपण सम्मको उपचार निःशुल्क उपलव्ध गराउदै आएका छन् ।

सांसद भए वापत राज्यबाट कुनै तलब सुविधा समेत नलिने घोषणा गरी जनताको प्रतिनिधीको रुपमा संसदमा जनताको आवाजलाई ससक्त रुपमा राख्ने उनीमात्र एक सांसद हुन् । स्याङजाका विपन्न बिरामीहरुको स्वास्थ्य उपचारको अभावमा कोही पनि अकालमा मृत्यु वरण गर्न नपरोस् भन्ने उद्देश्यले यो योजना अगाडि सारिएको हो।

यस कार्यले नेपालमा सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ। माननीय धनराज गुरुङ र डा. सुनिल शर्माको यस किसिमको योगदानलाई स्थानीय नागरिकले अत्यन्त सकारात्मक रूपमा लिएका छन्।

धनराज गुरुङको यो पहल स्याङ्जाका निम्न आर्थिक वर्गका नागरिकहरूका लागि अत्यन्त राहतदायी बन्ने देखिन्छ। नेपालमा अझै पनि हजारौं नागरिक आर्थिक समस्याका कारण उचित उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्य छन्।

यो सहयोगले विपन्न वर्गका बिरामीहरूलाई जीवनरक्षाको अवसर प्रदान गर्नेछ। यस अभियानले आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएका बिरामीहरूलाई ठूलो राहत दिनेछ। यस्तो महत्त्वपूर्ण समाजसेवी कार्य निरन्तर जारी रहोस् भन्ने कामना गर्दै, स्याङ्जाका सम्पूर्ण विपन्न बिरामीहरूलाई आवश्यक कागजातसहित उक्त मितिमा अस्पतालमा उपस्थित हुन अनुरोध गरिन्छ।

थप जानकारीका लागि तलका नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

???? सम्पर्क व्यक्तिः भुपराज बस्याल

???? सम्पर्क नम्बरः ९८५१११०८५०

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
हुथी विद्रोहीहरूमाथि ...

काठमाडौं । यमनका हुथी विद्रोहीहरूमाथि भएको अमेरिकी हवाई आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ जना पुग ...

रघुजी पन्तले ज्ञाने ...

काठमाडौं : राप्रपा सांसद दिपकबहादुर सिंहले आफ्ना सांसद ज्ञानेन्द्रबहादुर शाहीमाथि नेकपा एमालेका सांस ...

असफल भएको गणतन्त्र ...

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवलशमशेर राणाले लोकतान्त्रिक गणतन्त्र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved