ट्रम्पसँग ह्वाइटहाउसमा भएको चर्काचर्कीपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की बेलायतमा

  • फाल्गुन १८, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइटहाउसमा भएको भेटमा चर्काचर्कीपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की बेलायत पुग्नुभएको छ ।

जेलन्स्कीले बेलायती प्रधानमन्त्री किएर स्टार्मरसँग भेटवार्ता गर्नुभएको बीबीसीले जनाएको छ । रूस–यूक्रेन युद्धलाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्पसँग भएको मतभेदलगत्तै युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई बेलायतले युक्रेनको साथमा रहेको प्रतिक्रिया जनाएको थियो ।

बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले जेलेन्स्कीसँगको भेटमा पनि युक्रेनलाई बेलायतको साथ रहेको दोहोर्‍याउनुभयो । राष्ट्रपति जेलेन्स्कीले बेलायतको साथ र सहयोगका लागि धन्यवाद दिनुभएको खबरमा उल्लेख छ ।

यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपतिबीच शुक्रवार भएको भेटका क्रममा चर्काचर्की भएपछि रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयास तत्कालका लागि असफल भएको छ । साथै युक्रेन र बेलायतबीच दुई दशमलव २६ बिलियन पाउण्डको नयाँ ऋण सम्झौता भएको छ ।

जेलेन्स्की र बेलायतका प्रधानमन्त्री स्टार्मरले सैन्य सहयोगका लागी ऋण पत्रमा हस्ताक्षर गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
हुथी विद्रोहीहरूमाथि ...

काठमाडौं । यमनका हुथी विद्रोहीहरूमाथि भएको अमेरिकी हवाई आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ जना पुग ...

रघुजी पन्तले ज्ञाने ...

काठमाडौं : राप्रपा सांसद दिपकबहादुर सिंहले आफ्ना सांसद ज्ञानेन्द्रबहादुर शाहीमाथि नेकपा एमालेका सांस ...

असफल भएको गणतन्त्र ...

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवलशमशेर राणाले लोकतान्त्रिक गणतन्त्र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved