संसदीय उपसमितिले निजामती विधेयकबारे लोक सेवा आयोगसँग छलफल गर्दै

  • फागुन १८, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । संघीय निजामती विधेयकमा सहमति जुटाउन गठित प्रतिनिधि सभा अन्तर्गतको संसदीय उपसमितिले लोक सेवा आयोगसँग छलफल गर्दैछ ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु नेतृत्वको उपसमितिले आज आयोगका पदाधिकारीलाई छलफलमा बोलाएको छ । बैठक सिंहदरवारस्थित समितिको सभाकक्षमा बस्नेछ ।

छलफलमा लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सहित आयोगका सदस्यहरू सहभागी हुँदैछन् । यही फागुन ९ गते राज्य व्यवस्था समितिले कांग्रेसका सांसद बडु नेतृत्वमा संसदीय उपसमिति गठन गरेको थियो ।

यो उपसमितिले यसबीचमा तीन वटा बैठक गरिसकेको छ । आइतबारको बैठक चौथो हो । उपसमितिलाई एक महिनाभित्र विधेयकमाथि सहमति जुटाएर प्रतिवेदन दिन भनेको छ ।

संसदीय उपसमितिको सदस्यहरूमा सांसदहरू अशोक कुमार राई, इश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved