काठमाडौँ । राजधानीमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थाको पक्षमा मोटरसाइकल र्याली सहित बृहत् प्रदर्शन गरेको छ । राजतन्त्र पुनर्बहाली हुनुपर्ने मागसहित राप्रपाले जनप्रदर्शन गरेको हो ।

सांसद धवलशमशेर राणाा नेतृत्वको आन्दोलन परिचालन समितिको अगुवाइमा भएको प्रदर्शनमा राष्ट्रिय झण्डासहित ‘राजा आउ, देश बचाऊ’, चाहियो चाहियो राजा चाहियो, हाम्रो राजा हाम्रो देश प्रण भन्दा प्यारो छ लगायत नाराहरू लगाइएको थियो । मोटरसाइकल र्यालीमा राप्रपाका नेताहरुमा मात्रै नभई राजावादी दलका नेता कार्यकर्तादेखि विभिन्न उमेर समूहका व्यक्तिको सहभागिता रहेको थियो ।
देशमा मौलाएको भ्रष्टाचार, बेथिती र दलहरुको अकर्मण्यताको विरुद्धमा आयोजना गरिएको मोटरसाइकल र्यालीमा यालीमा राप्रपाका अध्यक्ष राजेन्द्र लिंङदेन, राप्रपाका सांसदहरु लगाएत अभियन्ता दुर्गा प्रसाईको पनि उपस्थिती रहेको थियो । नयाँ बानेश्वरको विजुलीबजारमा भेला भएका राजावादीहरुको मोटर साइकल र्याली नारायणहिटी संग्रहालयमा पुगेर टुंगिएको थियो । र्यालीमा सहभागीहरुले नारायणहिटी संग्रहालयको ढोकाबाट राजा ज्ञानेन्द्र शाहलाई प्रवेश गराउने अठोट समेत लिएका छन् ।
र्यालीलाई ध्यानमा राखी राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको थियो । राप्रपाले आगामी दिनमा पनि यस प्रकारको प्रदर्शन जारी राखी राजसंस्था फर्काउने चेतावनी राजनैतिक दलहरुलाई दिएका छन् भने फागुन २५ गते राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फिर्ति सवारी हुँदा यहाँको स्वागतकालागि पनि सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एक भएर अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलमा उपस्थित हुने कार्यक्रम तय गरेका छन् ।
राप्रपाले त झन २५ गते काठमाडौंमा गर्ने भनिएको आमसभा नै स्थगित गरेर राजाको स्वागतमा आउन पार्टिपंक्तिलाई आहवान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved