ह्वाइट हाउसमा भएको घटना पश्चातापयोग्य - युक्रेनी राष्ट्रपति जेलेन्स्की

अब ट्रम्पसँग कुरा मिलाउने र शान्ति वार्ता गर्ने प्रतिबद्धता

  • फाल्गुन २१, २०८१
  • कालापानी मिडिया
alt

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर युक्रेनमा दीर्घकालीन शान्तिका काम गर्न आफू तयार रहेको बताएका छन् । ह्वाइट हाउसमा रहेको ओभल अफिसमा चर्काचर्की भएको केही दिनपछि जेलेन्स्कीले अब कुरा मिलाउने समय आएको बताए । अमेरिकाले युक्रेनमा सैन्य सहायता स्थगित गर्ने घोषणा गरेलगत्तै सामाजिक सञ्जालमा लामो पोस्ट गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ह्वाइट हाउसमा भएको वादविवादलाई पश्चातापयोग्य भनेको बीबीसीले जनाएको छ ।

जेलेन्स्कीले युद्ध अन्त्य गर्ने पहिलो चरणको प्रारूप समेत तयार पारेका छन् । जसको पहिलो चरण बन्दीहरूको रिहाइ र हवाई युद्धविराम, क्षेप्यास्त्रहरूमा प्रतिबन्ध, लामो दूरीको क्षमताका ड्रोनमा रोक तथा ऊर्जा र अन्य गैरसैनिक पूर्वाधारहरूमा बम आक्रमण रोक्ने हुन सक्ने उल्लेख छ ।

रुसले पनि त्यसको पालना गरे त्यसलगत्तै समुद्रमा पनि युद्धविराम गर्न सकिने जेलेन्स्कीले उल्लेख गरेका छन् । उनले भविष्यमा दुई देशबीच हुने सहकार्य र सञ्चार रचनात्मक हुने विश्वास समेत व्यक्त गरेका छन् । अमेरिका भ्रमणका क्रममा हुन नसकेको खनिज सम्झौता गर्न पनि युक्रेन तयार रहेको उनले दोहोर्‍याएका छन् । आफ्नो पोस्टमा जेलेन्स्कीले अमेरिकाले आफ्नो देशलाई दिएको सहयोगबारे स्पष्ट शब्दमा कृतज्ञता पनि व्यक्त गरेका छन् ।

गत शुक्रवारको बैठकमा ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकाले उपलब्ध गराएको सहयोगप्रति कृतज्ञ नभएको आरोप जेलेन्स्कीलाई लगाएका थिए ।

जेलेन्स्कीको पोस्टबारे प्रतिक्रिया दिँदै बेलयातका प्रधानमन्त्री सर किअर स्टार्मरले शान्ति स्थापित गर्ने दृढ प्रतिबद्धता भएको बताएका छन् । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले पनि ट्रम्पसँग पुनः वार्तामा बस्ने जेलेन्स्कीको चाहनाको प्रशंसा गरेका हुन् ।

यसअघि ट्रम्प र जेलेन्स्कीको विवादपछि युरोपेली नेताहरू युक्रेनको पक्षमा उभिएका थिए । जेलेन्स्कीको वक्तव्यमा ट्रम्पसँग क्षमायाचना भने गरिएको छैन । अमेरिकी राष्ट्रपतिका निकट व्यक्तिहरूले जेलेन्स्कीले माफी माग्नुपर्ने बताउँदै आएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै जेलेन्स्कीको पत्र प्राप्त भएको र युक्रेनमा युद्ध अन्त्यका लागि वार्ता गर्न तयार रहेको बताएका छन् । ट्रम्पले जेलेन्स्कीको पत्र पढ्दै युक्रेन दिगो शान्तिका लागि चाँडै वार्तामा बस्न तयार भएको बताएका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
हुथी विद्रोहीहरूमाथि ...

काठमाडौं । यमनका हुथी विद्रोहीहरूमाथि भएको अमेरिकी हवाई आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ जना पुग ...

रघुजी पन्तले ज्ञाने ...

काठमाडौं : राप्रपा सांसद दिपकबहादुर सिंहले आफ्ना सांसद ज्ञानेन्द्रबहादुर शाहीमाथि नेकपा एमालेका सांस ...

असफल भएको गणतन्त्र ...

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवलशमशेर राणाले लोकतान्त्रिक गणतन्त्र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved