काठमाडौं । फागुन २५ गते आइतबार दिउँसो ३ बजे राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फिर्ती सवारी हुनुहुने कार्यक्रममा राजाबादीहरुले भव्य स्वागतको तयारी गरेका छन् ।
अन्यवेला राजावादीहरु मिल्दैनन् भन्ने भाष्य तोड्न पनि राजावादीहरुले सबै एक भएर राष्ट्र झण्डा सहित राजाको स्वागतकालागि त्रिभुवन विमानस्थल जाने तयारी गरेका हुन् । स्वागत कार्यक्रममा सम्पुर्ण राष्ट्रबादी , देशभक्त, राष्ट्रप्रेमी, पार्टीपंक्ति , संघसंस्था तथा अभियन्ता विभिन्न पेशा व्यवसायी लगायत सर्वसाधारण जनताहरु मिलेर त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा जाने र राजालाई भव्य स्वागत संगै निर्मल निवास सम्म पु¥याउने राप्रपाका महामन्त्री तथा सांसद धलशमशेर राणाले जानकारी दिए ।
राजाको स्वागतकालागि भन्दै राप्रपाले २५ गते काठमाडौंमा गर्ने भनिएको आमसभा नै स्थगित गरेको पनि सांसद राणाले जानकारी दिए । उनले भने, फागुन २५ गते हाम्रो पार्टिको बागमति प्रदेश केन्द्रित आमसभा गर्ने पूर्व तयारी थियो, तर सरकारको सवारी हुने भनिएपछि हामीले आगामी चैत महिनाकोलागि कार्यक्रम सारेर सम्पूर्ण तयारी २५ फगुनलाई केन्द्रित गरेका छौं ।,
उनले राजाको स्वागतमा पार्टिपंक्ति रसम्पूर्ण राष्ट्रवादी शक्तिहरु एक भएर अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलमा उपस्थित हुनपनि आहवान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved