गुल्मीको धुर्कोट गाउँपालिकाले सुरु गर्यो, विपन्न परिवारलाई राहत वितरण

  • चैत १८, २०७६
  • कालापानी मिडिया
alt

१८ चैत, गुल्मि । विश्वमै महामारीको रुपमा फैलिएको कोराना भाइरस (कोभिड १९)कारण यति बेला विश्वनै तर्सित बनेको छ । कोरोना भाईरसका कारण सबै भन्दा बढी समस्या दैनिक ज्याला मजदुरी गर्न श्रमिक हरुलाई परेको छ ।

91258561_703213337084602_7298091219152797696_n

नेपाल सरकारले लक डाउनको घोषणा र कडा निगरानीका साथ लकडाउन लाई कार्यन्वन गर्न थाले पछि पछिल्लो समय गरिव तथा विपन्न परिवारको घरमा चुल्लो बल्न धौ धौ पर्दै गईरहेको समयमा धुर्कोट गाउँपालिकाले भने उदाहरणी कार्य गरेको छ । धुर्कोट गाउँपालिका वडा नम्बर सात वाग्ला बाट गरिब तथा विपन्न परिवारलाई राहत वितरण कार्यको सुरुवात गरिएको वडा नम्बर सातका वडा अध्यक्ष तथा विपद व्यवस्थापन समितीका संयोजक हिम प्रसाद पन्थीले जानकारी दिए ।

91337674_2287723868197472_473064654512324608_n

वडा नम्बर सातका ६० घर विपन्न तथा अशक्त परिवार लाई राहत वितरण गरिएको हो । जसमा अति अपाङ्ग सात,एकल महिला सात,एकल पुरुष सात,जेष्ठ नागरिक तीन, बेसहारा एक र अति विपन्न ३४ घर गरि कुल ६० जनालाई २५ किजि चामल,नुन र तेल एक एक पोका र पाँच केजि आलु प्रदान गरिएको वडा अध्यक्ष पन्थीले बताए ।

91092321_1624899994332473_2184906986540236800_n

साथै दोस्रो चरणको राहत केही समय पछि प्रदान गर्ने तयारी भैइरहेको वडा अध्यक्ष पन्थिको भनाई रहेको छ । बिहिवार गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल ,उपाध्यक्ष शिव बहादुर केसि , प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थी ,स्थानीय समाजसेवी तथा बुद्धिजिविको उपस्थितिमा राहत वितरण गरिएको हो ।

91253262_156396068915670_4843491042684567552_n 1

आवश्यक बजेट गाउँपालिकले व्यवस्था गर्ने र गाउँपालिकाका अन्य वडाहरुमा पनि छिटै राहत वितरण गर्न धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थीले बताए । साथै भोलि पर्न गएको हिन्दुहरुजो पर्व रामनवमी अर्थात चैते दशैमा धुर्कोट गाउँपालिकाका कुनै पनि मन्दिरमा पुजा नहुने र कसैको घरमा पाहुन पर्न नजान र पाहुन नबोलाउन गाउँपालिकाले अनुरोध समेत गरेको छ ।91281304_242812706895712_8284942109543235584_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved