अमेरिकामा आएको भीषण आँधीका कारण कम्तिमा ३२ जनाको मृत्यु

  • चैत ३, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । अमेरिकाका विभिन्न राज्यमा आएको भीषण आँधीका कारण कम्तिमा ३२ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मिजौरी राज्यमा मात्र १२ जना रहेको प्रहरीले जनाएको छ। भीषण र ध्वंसात्मक आँधीले दक्षिण–पूर्वी राज्यहरूमा व्यापक क्षती गरेको थियो। बाटोमानै गाडीहरू पल्टिएका छन् भने घरहरू ध्वस्त भएका छन्।

टेक्सासमा धुलो र आँधीका कारण भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ, भने ओक्लाहोमा र अर्कान्ससमा पनि मानिसहरुको मृत्यु भएको छ। शनिबार दिउँसोसम्म टेक्सास, मिजौरी, इलिनोइसलगायत ६ वटा राज्यमा २ लाख ४० हजारभन्दा बढी घरधुरी विद्युत् विहीन भएका छन्।

त्यो क्षेत्रमा अझै भयानक आँधीको संभावना रहेको जनाइएको छ। जसअनुसार मध्य मिसिसिपी, पूर्वी लुजियाना र पश्चिमी टेनेसीमा जोखिम उच्च रहेको र सतर्कता अपनाउन अपिल गरिएको छ। ती तीनवटा राज्यका साथै अलाबामा र अर्कान्ससका केही भागहरूमा आकस्मिक बाढी आउन सक्ने चेतावनी जारी गरिएको छ। किनभने खराब मौसम दक्षिण–पूर्वी क्षेत्रभरि फैलिएको छ।

राष्ट्रिय मौसम सेवाले ९एनडब्लुएस० ले आकस्मिक बाढीहरू घातक हुन सक्ने चेतावनी दिएको छ।

शनिबार बिहान मध्य मिसिसिपीमा सबैभन्दा उच्च स्तरको खतराको चेतावनी पनि जारी गरिएको छ। एनडब्लुएस ले ती क्षेत्रमा धेरै ठूला र विनाशकारी आँधीहरुले ठुलो क्षति निम्त्याउने चेतावनी दिएको छ।

मौसमविद्हरूले सचेत गराउँदै भनेका छन् ‘यदि तपाईं ती क्षेत्रमा हुनुहुन्छ भने, सबैभन्दा सुरक्षित तथा बलियो संरचनाभित्र बस्नुहोस् र आँधी पार नहुन्जेल त्यहीँ सुरक्षित रहनुहोस्।’ मिजौरीका गभर्नर माइक केहोले राज्य भीषण आँधीका कारण तहसनहस पारिएको बताउँदै, थुप्रै घरहरू ध्वस्त भएको र मानिसहरुले ज्यान गुमाउनु परेको बताए।

जोर्जियाका गभर्नर ब्रायन केम्पले पनि राज्यमा आउने भीषण मौसमको पूर्वानुमान गर्दै आपतकाल घोषणा गरेका छन्।

मौसम पूर्वानुमानका अनुसार, भयानक जोखिम आइतबारसम्म अलाबामा, फ्लोरिडा र जोर्जियासम्म फैलिन सक्ने छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
छोरीहरूलाई अँगाल्दै ...

​काठमाडौँ। "मलाई बाहिर नतान... तल हिलोमा मेरा छोरीहरूले मेरो हात समातिरहेका छन्!" ​विपत्तिको भयानक द ...

बागमती लुम्बिनी र गण ...

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव ...

बागमती विश्वविद्यालय ...

हेटौँडा । बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित हेटौँडा क्याम्पसमा नयाँ, उन्नत तथा व्यावसायिक शैक्ष ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved