काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवलशमशेर राणाले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पूर्ण रूपमा असफल भइसकेकाले सनातन हिन्दु राज्यमा मुलुकलाई फकाउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद राणाले अहिले आम नागरिकले सनातन हिन्दु राज्य चाहेको बताएका हुन्।
उनले भने– ‘देशमा परिवर्तनको हावा चलिसक्यो । देश पूर्णरुपमा असफल भइसक्यो । देशमा जनताले सनातन हिन्दुराज्य चाहेका छन।’‘ त्यतैतर्फ जाउँ । असफल भएको गणतन्त्र हटाउ ।"
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved