अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछी पृथ्वीमा फर्किए

  • चैत ६, २०८१
  • कालापानी मिडिया
alt

९ महिनादेखि अन्तरिक्षमा फसेका सुनीता विलियम्स र बुच विलमोर पृथ्वीमा फर्किएका छन्।

यी वरिष्ठ अन्तरिक्षयात्रीद्वय नासाकै अर्का सहयात्री निक हेग र रुसी अन्तरिक्षयात्री अलेक्जेन्डर गोर्बुनोभसँगै फ्लोरिडाको तालहासी नजिकै समुन्द्रमा अवतरण भएका हुन्। उनीहरू नेपाली समयअनुसार बुधबार बिहान ४ बजेर ४२ मिनेटमा पृथ्वीमा अवतरण भएको नासाले जनाएको छ।

ड्रयागन क्याप्सुलबाट अलग भएर समुन्द्रमा अवतरण हुने समयसम्ममा उनीहरुलाई करिब १७ घण्टा लागेको थियो । अवतरणपछि बुच र सुनीता हात हल्लाउँदै मुस्कुराउँदै स्पेसएक्स ड्रागनबाट बाहिर निस्किएको सार्वजनिक भिडियोमा देख्न सकिन्छ ।

उनीहरूलाई पृथ्वीको गुरुत्वाकर्षणमा पुनः अभ्यस्त हुन केही समय लाग्नेछ । परिवारसँग भेट गर्नुअघि उनीहरू केही समय स्वास्थ्य परीक्षण रहनेछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved