काठमाडौंमा आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार: सांसद डा. सुनिल शर्माको विशेष पहल

  • चैत १५, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । राजधानीका विभिन्न स्थानहरूमा भएको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) ले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ।

मेडिकल कलेज प्रशासनका अनुसार, आन्दोलनका क्रममा घाइते भएकाहरूलाई आवश्यक सम्पूर्ण उपचार निःशुल्क प्रदान गरिनेछ। अस्पताल प्रशासन प्रमुख नारायण प्रसाद दाहाल ले एक प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरूलाई तुरुन्तै अस्पतालमा सम्पर्क गर्न आग्रह गरेका हुन्।

"आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको छ। सम्बन्धित व्यक्तिहरूले तुरुन्त सम्पर्क गर्न सक्नुहुन्छ," अस्पताल प्रशासनले जनाएको छ। अस्पताल प्रशासनले गाइतेहरुलाई अस्पताल आएर यी नम्बरहरुमा सम्पर्क गर्न भनेको छ ।

???? 9802335108

???? 9802335130

डा. सुनिल शर्माको समाजसेवी पहल यो निःशुल्क उपचार सेवा नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माको विशेष पहलमा सम्भव भएको हो।

समाजसेवामा समर्पित सांसद शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म हजारौं नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्। उहाँको नेतृत्वमा देशभरि निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन हुँदै आएका छन्, जसबाट लाखौं विपन्न तथा गरिब नागरिकहरूले लाभ लिएका छन्।

स्वास्थ्य शिविरमा सम्भव नभएका गम्भीर बिरामीहरूको लागि काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गराउँदै आउनुभएको छ। नोबेल मेडिकल कलेजमा विशेष सुविधा सांसद शर्माले आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि नोबेल मेडिकल कलेजमा निःशुल्क क्याबिनको व्यवस्था गर्नुभएको छ।

साथै, काठमाडौं मेडिकल कलेजमा पनि आर्थिक रूपमा कमजोर बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था गर्दै आउनुभएको छ। समाजसेवामा समर्पित सांसद सांसद डा. सुनिल शर्मा नेपालका एउटा मात्र तलब-भत्ता नलिने सांसद हुन्।

उहाँले आफ्नो सम्पूर्ण जीवन समाजसेवा र मानवताको सेवामा समर्पित गर्दै आउनुभएको छ। उहाँको यो महान कार्यले स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूलाई जीवनदान दिएको छ।

यस्तो समाजसेवी पहलले लाखौं नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन ठूलो योगदान दिने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
कि प्रधानमन्त्री फेर ...

काठमाडौं । कलाकार दीपकराज गिरीले देशको प्रधानमन्त्रीलाई सम्मान गर्दा अपमानबोध गर्न नपर्ने बताएका छन् ...

म माथि राजनीतिक प्र ...

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदा ...

स्वदेशी उद्योग, कलका ...

काठमाडौं । नेपाल डेरी एसोसिएसन र नेपाल कृषि तथा पशुपन्छि व्यवसायी संघले स्वदेशी उद्योग, कलकारखानाको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved